शुक्लाफाटा नगरपालिका–१० का लालबहादुर ऐरले राजनीतिसँगै व्यावसायिक कार्यलाई सँगसँगै जोड्नुभएको छ । वडा नं १० मा दोस्रो पटक वडाध्यक्ष पदमा विजयी भएका ऐर घरमै पशुपछी फार्म सञ्चालन गरी आम्दानी गर्दै आउनुभएको छ ।

फार्म सञ्चालनका लागि उहाँले रु. ३० लाख लगानी गर्नुभएको छ । पाँच वर्षअघि देखि उहाँले बङ्गुर, बाख्रा र माछापालन गर्दै आउनुभएको छ । उहाँले गत वर्ष रु. छ लाखका बङ्गुर बिक्री गरेको बताउनुभयो । उहाँका अनुसार माछा रु. दुई लाख ५० हजार र बाख्रा रु. एक लाख बढीको बिक्री भएको छ ।

अझै उहाँको फार्ममा माउ भाले गरी ३५ बङ्गुर र १६ पाठापाठी बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । फार्ममा उन्नत जातका २० बाख्रा पालिएका छन् । पोखरीमा झन्डै रु तीन लाख बढीका माछा बिक्रीका लागि तयारी अवस्थामा छन् ।

“राजनीति निःस्वाथ्र्य सेवा भावनाले गरिने पेसा भएकाले जहिले पनि खर्चको अभाव रहन्छ”, उहाँले भन्नुभयो, “राजनीतिसँगसँगै व्यावसायिक कार्य गरे खर्चको व्यवस्था मिलाउन सकिने भएकाले पशुपछी फार्म सञ्चालन गरेका छौँ ।”

फार्मबाट विगत वर्षहरुमा चाहेअनुसारकै आम्दानी भए पनि यस वर्ष एक पनि बङ्गुर बिक्री नहुँदा उहाँ चिन्तित हुनुहुन्छ । “फार्ममा पालिएका बङ्गुरले दैनिक रु. दुई हजार बढीको (दाना चारो) खाने गरेका छन्”, उहाँले भन्नुभयो, “बिक्री एक पनि भएको छैन, ग्राहकको खोजी गर्दै हिँडेका छौँ, पाएका छैनौँ ।”

लागत खर्च बढ्दै गएकाले बजारमा लागेको खर्च उठाउन पनि मुस्किल भएको छ । फार्ममा पालिएका बङ्गुर एउटैको मूल्य रु. १५ हजारदेखि रु. ३० हजारसम्म पर्ने गरेको छ । तौलका आधारमा बङ्गुर बिक्री हुने गरेका छन् । बाख्रा, खसी रु २० हजार माथिका रहेका छन् । माछा भने प्रतिकिलो रु. तीन सय ५० थोकमा बिक्री भइरहेको छ ।

बाख्रा र माछा भने सहज रुपमा बिक्री भइरहेको उहाँको भनाइ छ । फार्ममा पालिएका पशुपछीको रेखदेखका लागि एकजना कामदारलाई तलब दिएर उहाँले राख्नुभएको छ । फुर्सद भएका बेला उहाँ आफैँले बङ्गुर, बाख्राको खोर सफा गर्ने, दानापानी, घाँस खुवाउने कार्य गर्नुहुन्छ । माछालाई चारो हाल्नेदेखि बजारमा लगेर बेच्ने कार्य उहाँ आफैँले गर्नुहुन्छ । उहाँको फार्ममा चाइनिज हाँससमेत पालिएका छन् । हाल हाँसको सङ्ख्या भने थोरै रहेको छ । भविष्यमा स्थानीय जातका कुखुरा पाल्ने सोच उहाँको रहेको छ ।रासस

शुक्रबार, २९ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे