सर्लाहीको उत्तरी भेगमा गोलभेडा डढुवा रोगले मर्न थालेपछि किसान चिन्तित भएका छन्। एक सातादेखि चलेको शीतलहरका कारण डढुवा रोगको प्रकोपले गोलभेडाका बिरुवा मर्ने र फल कुहिन थालेपछि किसान चिन्तित भएका हुन्।

जिल्लाको कर्मैया, हरिवन, अत्रौली, सासापुर, लालबन्दी, घुर्कौली, नवलपुर पत्थरकोट, रानीगञ्ज, घारीबथानलगायतका ठाउँमा व्यावसायिक गोलभेडा खेती हुने गर्छ। बिहान र बेलुकाको समयमा कठ्याङ्ग्रिदो चिसो र तुषारोले गोलभेडा कुहिन थालेको छ।

‘सबै बिरुवा डढुवा रोगले मर्दै छ, गोलभेडा कुहिन थालेको छ, ढुसी नाशक बिषादी छरे पनि रोग नियन्त्रण भएन’, हरिवन नगरपालिका–२ का रामविश्वास साहले भन्नुभयो। उहाँले सवा बिघामा गोलभेडा खेती गर्नुभएको छ । रोग नियन्त्रणका लागि जति प्रयास गरे पनि पन्ध्र कट्ठाको बोट र फल कुहिएर कामै नलाग्ने भएको बताउनुभयो।

बाँकी दश कट्ठाको पनि यस्तै शीतलहर भयो भने यो पनि कुहिएर खेर जाने बताउँछन्। उहाँका अनुसार यस क्षेत्रमा गोलभेडा खेती गर्ने सबै किसानको यस्तै समस्या भोगिरहेका छन्।

अर्का किसान लालबन्दी–११ हीरापुरका मिलन रायले १० कट्ठामा जमिनमा ५ वर्षदेखि गोलभेडा खेती गर्दै आएका छन्। फल दिएको शुरुका दिनमा राम्रै आम्दानी लिए पनि पुस महिनाको दोस्रो सातादेखि परेको शीतलहरका कारण बिरुवामा डढुवा रोगले फल र बिरुवा मरेपछि लगानी समेत नउठ्ने चिन्ता लागेको उहाँले बताउनुभयो।

कृषि ज्ञान केन्द्र मलंगवा, सर्लाहीका अनुसार लामो समयसम्म चिसो र शीतलहरका कारण उत्तरी क्षेत्रका व्यावसायिक रूपमा गोलभेडा खेती गरेका किसान मारमा परिरहेका छन्। बाक्लो हुस्सु र शीतलहरका कारण बिषादीले पनि काम नगरेको बताउँछन्।

चिसो र शीतलहरले तापक्रम अत्यन्तै न्यून हुने र वातावरणमा आद्र्रता बढ्दा जमिनमा रहेको ढुसी सक्रिय भई डढुवा रोगको प्रकोप देखापर्ने कृषि प्राविधिकहरू बताउँछन्। पछिल्लो समय डढुवा रोगको प्रकोपले गोलभेडा, आलु, तरकारी, तेलहन लगायतका बाली नराम्ररी प्रभावित भएको छ।

जिल्लावासीले एक साताभन्दा बढी राम्ररी घाम देख्न पाएका छैनन्। शीतलहर र कठ्याङ्ग्रिदो जाडोका कारण नागरिकको दैनिकी कष्टकर बन्दै गएको छ।

 

बिहिबार, २८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे