धनकुटाको पाख्रीबास नगरपालिका–२, सान्नेका कृषक देवीबहादुर अधिकारीले अलैँची खेती सुरु गरेको करिब तीन दशक बितेको छ । वार्षिक ४५ मन (१८ क्विन्टल)सम्म अलैँची उत्पादन गर्दै आउनुभएका अधिकारीको बगैँचा विभिन्न रोग कीराको प्रकोपका कारण एकाएक नाशियो ।

उत्पादन ४५ मनबाट झरेर पाँच मनमा पुग्यो तर अहिले उहाँले पुनः नयाँ बगान लगाएर वार्षिक १५ मन उत्पादन गर्न थाल्नुभएको छ । उहाँले एक लाख २० हजार रुपियाँ प्रतिमनसम्म अलैँची बिक्री गर्नुभयो, खस्किएको उत्पादन पुरानै लयमा फर्काउने सोच उहाँको छ तर अहिले खस्किएको मूल्य भने बढ्न सकेको छैन । उत्पादन बढे पनि मूल्य बढ्न नसकेको अधिकारीको गुनासो छ ।

खोल्सीको कालो सुन भनेर चिनिने अलैँचीको खेती हुने जिल्लामध्येको एक हो धनकुटा । अलैँचीमा गानो कुहिने, पात पहेँलिने, गुभो सुक्ने, छिर्केफुर्के आदि रोगका कारण धेरै बगान मासिएका हुन् । पुराना बगानमा रोगको समस्या त अहिले पनि उस्तै छ तर पुराना बगान मासेर नयाँ बगान लगाएका स्थानमा भने यो समस्या कम हुँदै गएको र उत्पादन बढ्दै गएको सान्नेका कृषक बलबहादुर अधिकारी बताउनुहुन्छ । धनकुटामा करिब चार दशकयता अलैँचीको खेती हुँदै आएको छ । चार दशकको अवधिमा आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा धेरै क्षेत्रफलमा अलैँचीको उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र धनकुटाले दिएको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा २३० हेक्टर क्षेत्रफलबाट १३४ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । त्यसयता लगातार उत्पादन घट्दै आएको छ । २०७५/७६ जिल्लामा १६० हेक्टर क्षेत्रफलमा खेती हुँदा वार्षिक ९१ मेट्रिक टन अलैँची उत्पादन भएको थियो । लगत्तै आर्थिक वर्ष २०७६/७७ मा क्षेत्रफल घटेर १२५ हेक्टरमा सीमित हुँदा उत्पादन पनि घटेर ६२ मेट्रिक टनमा सीमित भयो । त्यस्तै आर्थिक वर्ष २०७७/७८ मा उत्पादन ३८ मेट्रिक टनमा सीमित बन्न पुग्यो तर आर्थिक वर्ष २०७८/७९ मा बढेर ४० मेट्रिक टन पुगेको छ । चालू आर्थिक वर्ष २०७९/८० मा यो बढेर ५० मेट्रिक टन कट्ने कार्यालयको अनुमान छ ।

यता अलैँचीको मूल्य भने निरन्तर खस्कँदो छ । २०७१ सालमा एक लाख २० हजार रुपियाँ प्रतिमनसम्म पुगेको थियो । त्यसयता मूल्य वार्षिक १० देखि २० प्रतिशतसम्म घट्दै आएर अहिले प्रतिमन २५ हजारमा झरेको हिलेका अलैँची व्यापारी श्याम शाह बताउनुहुन्छ । गत वर्ष ४९ हजार रुपियाँ प्रतिमनसम्म पुगे पनि त्यो मूल्य स्थिर रहन सकेन । छिमेकी मुलुक भारतको सीमावर्ती क्षेत्रबाट इलाम, पाँचथर हुँदै अलैँची खेती नेपाल भित्रिएको हो । इलामबाट बिरुवा ल्याएर धनकुटामा करिब चार दशकयता अलैँचीको खेती गरिँदै आएको छ ।

बिहिबार, २८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो