सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर १ का मनोज मेहता तरकारी बेचेरै वार्षिक लाखौँ आम्दानी गर्दै आइरहेको छन् । २०७६ सालबाट बन्दाकोबी खेती गर्न थालेका मेहता अहिले बन्दाकोबी बेचेर वर्षमा ७ लाख आम्दानी गर्ने बताउनुहुन्छ ।

पौरख गरे आफ्नै देशमा पनि केही गर्न सकिन्छ भन्ने उदाहरणका पात्र बनेको छन् मनोज मेहता तरकारी खेती गर्न थालेका ४८ वर्षीय मेहताले अहिले तरकारी बन्दाकोबी बेचेर वार्षिक रुपमा ५ देखि ७ लाख आम्दानी लिँदै आइरहेको मेहताले बताउनु भयो ।

२०७६ सालभन्दा अगाडि मकै खेती गरेर जीविकोपार्जन गर्दै आइरहनु भएको मेहतालाई घरगर्जो टार्न धौधौ पर्नुका साथै मुस्किलले घरबारको समस्या झेल्नु परेको मेहताले सुनाउनु भयो । बन्दाकोबीको बिउ ब्याड राखेर चार कठ्ठा को बारीमा बन्दाकोबी उत्पादन गरेर १ लाख आम्दानी लिन सफल भएपछि तरकारी खेती गर्न तर्फ लागेको मेहताले बताउनुभयो ।

अहिले मेहताको ३ वर्षको अन्तरालमा तरकारी खेतीबाट जीवन नै फेरिएको छ । निरन्तर तरकारी खेती गर्दै आइरहेका मेहताले अहिले वार्षिक रुपमा देखि ७ लाखसम्म आम्दानी लिँदै आइरहेको छ । तरकारी खेती गरेरै मेहताले दुई बिघा जग्गा जोडी घर घडेरी पनि जोडेका छन् भने तरकारी बेचेर उहाँ अहिले लाखौँको मालिक बनेको छ । यस बर्ष पनि मेहताले भर्खरै प्रति केजी ४० देखि २० रुपैयाँले बन्दाकोबी बेचेर यसवर्ष ७ लाख बराबर आम्दानी लिएको र अझै टमाटर खेतीबाट राम्रो आम्दानी लिन सक्ने उहाँको तर्क रहेको छ ।

मेहताका छोराछोरी शिक्षासँगै फुर्सदको समयमा खेतीमा सघाउने गरिरहेका छन् । घरका सबै सदस्य तरकारी खेतीमा सघाइरहेका छन् । त्यसैगरी मेहताले तीन/चार वर्ष अगाडि उत्पादन गरेको तरकारी विराटनगर, दुहबी, इनरुवामा लगेर बेच्नुपर्ने बाध्यता रहेको बताउँदै हाल खेतबारीमा नै व्यापारीहरू बन्दा तथा अन्य तरकारी लिन आउने गरेको जानकारी दिनुभयो ।

अहिले बारीमै व्यापारी आउने हुँदा पहिलाको जस्तो दुख नरहेको बताउनुभयो । मेहताका परिवारका सदस्यले भने मूल्य स्थिरता नहुँदा किसानहरू मारमा पर्ने गरेको र सधैँ एकै किसिमको बजार मूल्यको व्यवस्था भएको भए किसानलाई सहज हुने बताए । किसानहरू सधैँ पालै पालो फर्ममा एकआपसमा सघाउँदै तरकारी रोप्ने देखि टिप्ने सम्म एक आपसको साथ सहयोग गर्दै काम गर्ने भएकाले कृषि मजदुर नपाउने समस्या नरहेको बताउनुभयो ।

मङ्लबार, २६ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो