बैतडी जिल्लाको पुर्चौडी र दशरथचन्द नगरपालिकाका बालबालिका न्यानो लुगा वितरण गरिएको छ।

जिल्लाको पुर्चौडी नगरपालिका ७ स्थित गलिनाथ माविमा अध्यानरत आमा बुवा गुमाएका टुहुरा तथा विपन्न बालबालिकाहरुलाई न्यानो लुगा र स्वीटर वितरण गरिएको हो।

चिसो बढेसँगै त्यसबाट बच्नका लागि टुहुरा तथा विपन्न बालबालिकाहरुलाई न्यानो लुगा र स्वीटर वितरण गरिएको विद्यालयका प्रद्यानाध्यापक दिनेश नगारीले जानकारी दिए।

विद्यालयका पूर्व विद्यार्थी तथा युवा व्यवसायी डम्बर बहादुर ऐर (बिपीन) को सहयोगमा प्राप्त स्वीटर र झोला वितरण गरिएका हो।

टुहुरा बालबालिकाका लागि पुचौर्डी ७ घर भई हाल काठमाण्डौंमा व्यवसाय गर्दै आएका युवा व्यावसायी ऐरले स्वीटर र झोला खरिद गरेर विद्यालयलाई उपलब्ध गराएको थियो।

यस्तै, दशरथचन्द नगरपालिका ६ स्थित कालिका मावि थालीगडामा अध्ययनरत विद्यार्थीहरुलाई पनि न्यानो लुगा वितरण गरिएको छ। राधा माधव समिति र डिभाइन युथ क्लबको संयुक्त सहयोगमा बालविकासदेखि कक्षा ३ सम्म अध्ययनरत ५४ जना विद्यार्थीहरुलाई स्वीटर र टोपी वितरण गरिएको हो।

न्यानो लुगा, स्वीटर, टोपी, झोला पाउँदा बालबालिका खुसी भएका छन्।

शनिबार, २३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !