हिउँ नपार्दा बुङ आलु खेती गर्ने किसानलाई सहज भएको छ । गत वर्षको तुलनामा यस वर्ष चाँडै हिउँ नपर्दा बुङ्मा आलु खेती गर्ने किसानलाई सहज भएको हो ।

ओखलढुङ्गा जिल्लाको माथिल्लो क्षेत्र जन्तरखानी ठाडे, धाप र सोलुखुम्बुको पत्ताले क्षेत्रमा बुङ् आलु खेती गरिन्छ । यो मौसम तयार पारिएको बुङमा आलु रोप्ने समय हो ।

यस वर्ष चाँडै हिउँ नपर्दा आलु रोप्न सहज भएको सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाडेकी रेनुका मगरले बताउनुभयो ।

विशेष तरिकाले बारीमा बुङ तयार पारी आलु उत्पादन गरिने भएकाले अरु भन्दा बुङको आलु महङ्गोमा विक्री हुनुका साथै स्वादिष्ट हुने मगरको भनाइ छ ।

गत विगतका वर्षमा यो समयमा बारी पुरै हिउँले ढाक्दा आलु रोप्न समस्या हुने गरेको मगरले बताउनुभयो । जिल्लाको माथिल्लो भेगमा हिउँ नपरे पनि चिसो अत्यधिक बढेको छ ।

चिसोका कारण सिद्धिचरण नगरपालिका–६ जन्तरखानी ठाडेमा रहेको ग्रेस एकेडेमीले दुई महिनासम्मका लागि पठनपाठन बन्द गरेको अध्यक्ष हरिकुमार मगरले बताउनुभयो ।

शनिबार, २३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !