पूर्वमिस नेपाल श्रृंखला खतिवडाले स्वास्थ्य चौकी निर्माण गरेर समुदायलाई हस्तान्तरण गर्नुभएको छ ।

उहाँले सन् २०१८ को विश्वसुन्दरी प्रतियोगिताको महत्वपूर्ण विधा ब्युटी विथ पर्पसको लागि गृहजिल्ला मकवानपुरको कैलाश गाउँपालिका९७ स्थित ताम्लाङमा स्वास्थ्य चौकी निर्माण गर्नुभएकको थियो ।

निर्माणपछि गाउँपालिकालाई ङिको स्वास्थ्यचौकी हस्तान्तरण गरिएको र मासिक तीन जना बिरामीले सेवा लिइरहेको श्रृंखलाले जानकारी दिनुभएको छ । दुई वर्ष लगाएर सम्पन्न भएको यो स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि उनीहरुको अथक योगदानका लागि श्रृंखलाले धन्यवाद दिनुभएको छ ।

हस्तान्तरणपछि परियोजनाअन्तर्गत स्टाफ क्वार्टर पनि थपेको उहाँले उल्लेख गरेकी छन् । ‘पखाला वा प्राथमिक उपचार जस्ता सजिलै निको हुने रोगका कारण धेरैले ज्यान गुमाएका ठाउँका लागि ठूलो उपलब्धि हो,’ श्रृंखला लेख्छिन्, ‘यो स्वास्थ्य चौकी नभएको अवस्थामा लगबुकमा नाम रहेका मान्छेले नजिकको स्वास्थ्य केन्द्रमा चार घण्टा हिंड्नुपर्ने थियो ।’

श्रृंखलापछि मिस नेपाल बनेकी नम्रता श्रेष्ठले धादिङमा झोंलुगे पुल निर्माण गर्नुभएको थियो । वर्तमान मिस नेपाल प्रियंकारानी जोशीले चितवनको इच्छाकामना गाउँपालिकामा सोलार प्यानलमार्फत विद्युतीकरण र अन्य उद्यमशीलताको परियोजना निर्माण गरिरहेकी छन् ।

ब्युटी विथ पर्पसको कुरा गर्दा नेपाल मिस वल्र्डको मुख्य दाबेदार समेत हो ।

 

बिहिबार, २१ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !