इन्टरनेटका तार प्रयोग गरिएका पोलको भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले केही दिनअघि मात्रै इन्टरनेट सेवा प्रदायकहरूको डेटा सेन्टर र अपरेसनल प्वाइन्टमा विद्युत् लाइन काटिदिएको थियो ।

यसरी विद्युत् सेवा अवरुद्ध भएको ठाउँमा उचित क्षतिपूर्ति नदिएसम्म इन्टरनेट सेवा प्रदायकहरूले सेवा प्रवाह गर्न नसक्ने बताएका छन् ।

सोमबार इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) ले पत्रकार सम्मेलन आयोजना गरी इन्टरनेट सेवा प्रवाह गर्ने वातावरण सिर्जना नगरेसम्म सेवा दिन नसक्ने जनाएको हो ।

देशमा इन्टरनेट सेवा ठप्प हुनबाट जोगाउन सरकारका सम्बन्धित निकायहरूलाई आवश्यक हस्तक्षेपकारी भूमिका निर्वाह गर्न आइस्पानले आहृवान गरेको छ ।

विद्युत् प्राधिकरणले काठमाडौं, विराटनगर, इनरुवा, काँकडभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, भैरहवा, डोटी, ललितपुर लगायत स्थानमा इन्टरनेट सेवा प्रदायकको कार्यालयमा विद्युत् लाइन काटिदिएको आइस्पानले जनाएको छ ।

प्राधिकरणले भाडादर बढाएपछि राज्यको उच्चस्तरीय समिति गठन भई प्रतिवेदन समेत दिएको र त्यसमा प्राधिकरणले सही छाप गरेको भए पनि त्यसको कार्यान्वयन गर्न नमानेको आइस्पानको दाबी छ ।

भाडादर वृद्धि हुँदा त्यसको सिधा असर उपभोक्तालाई पर्ने भएकाले उपभोक्ता हित संरक्षण मञ्चले यस विषयमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका छन् ।

इन्टरनेट सेवा अवरोध गरेकाले उत्पन्न स्थितिको सम्मपूर्ण जिम्मेवारी विद्युत् प्राधिकरणले लिनुपर्ने आइस्पानको ठहर छ ।

सोमवार, १८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो