बागमती प्रदेश सरकारले सहकारीमार्फत दुध बिक्री गर्ने किसानलाई एक लिटरमा ५ रुपैयाँ अनुदान दिने भएको छ ।
त्यसका लागि दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन संकलन गरी अध्ययन गरिरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय हेटौंडाका निमित्त निर्देशक डा.बज्रकिशोर ठाकुरले बताउनुभयो ।

‘हामीले अनुदान कार्यक्रममा सहभागी हुन सूचना निकालेका थियौं । यही सूचनाको आधारमा जिल्ला जिल्लामा दुग्ध उत्पादक कृषि सहकारीबाट आवेदनहरु संकलन भएका छन्’, उहाँले भन्नुभयो । ३ वटा जिल्लाको आवेदन प्राप्त हुन बाँकी भएको भन्दै उहाँले त्यसको समेत अध्ययन गरेर फागुन मसान्त भित्रमा सबै सहकारीलाई अनुदान रकम प्रदान गर्ने जानकारी दिनुभयो ।

बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुधमा अनुदान दिन यो बर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको छ । सरकारले अनुदान रकम सहकारीलाई दिने र सहकारीले किसानलाई दिनेछ । मासिक १ हजार ५ सय लिटर दुध संकलन गर्ने र वार्षिक कम्तिमा २ सय दिन दूधको कारोबार गर्ने दुग्ध उत्पादन सहकारी मात्र अनुदान कार्यक्रममा सहभागी हुन पाउँछन् ।

बागमती सरकारले लिटरमा ५ रुपैयाँ अनुदान दिन लागेको यसै वर्षदेखि हो । गत आर्थिक वर्षमा २६० वटा दुग्ध उत्पादक सहकारीमार्फत किसानलाई १६ करोड रुपैयाँ अनुदान वितरण गरेको थियो । गत वर्ष किसानले प्रतिलिटर १ रुपैंया ६४ पैसा अनुदान पाएका थिए ।

बागमती सरकारले २०७६ सालदेखि दुधमा नगद अनुदान दिंदै आएको छ ।

मङ्लबार, १७ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो