पछिल्लो समय ग्रामिण क्षेत्रका सहकारीहरु उत्पादनमा प्राथमिकता दिइरहेका छन् । सहरी क्षेत्रका सहकारीहरु बचत तथा ऋणमा मात्रै केन्द्रित हुँदा ग्रामिण क्षेत्रका सहकारी भने उत्पादनमा प्राथमिकता दिन थालेका हुन् ।

ग्रामिण क्षेत्रका सहकारीले उत्पादनमा प्राथमिकता दिँदा स्थानीय उत्पादनको प्रवद्र्धनका साथसाथै धेरैले रोजगारी पनि पाएका छन् । बागलुङको बागलुङ दुग्ध उत्पादक सहकारी संघले पछिल्लो समय दुध उत्पादनसँगै छुर्पी बनाएर निर्यात गर्ने कार्यलाई पनि प्राथमिकता दिएको छ ।

बागलुङको बागलुङ दुग्ध उत्पादक सहकारीले विभिन्न १४ वटा सहकारी संस्थाहरुबाट दुध संकलन गरेर बजारमा बिक्रीसँगै त्यसबाट छुर्पी बनाउने काम पनि गरिरहेको संघका अध्यक्ष दिपक गौतमले बताउनुभयो । उहाँका अनुसार संघसँग ४० लाख टन छुर्पी उत्पादन गर्ने क्षमता भएपनि २० लाख टन निर्यात भइरहेको छ ।

हाल संघले प्रतिकेजीको १२ सय रुपैयाँमा छुर्पी बिक्री गरिरहेको छ । १५ जना कर्मचारीहरुबाट दैनिक दुध संकलन गरेर बजारमा पठाइरहेको पनि उहाँले बताउनुभयो ।

उहाँले संघले उत्पादन गरेको छुर्पी काठमाडौं सप्लाई गरेर काठमाडौंबाट अमेरिकामा निर्यात हुने गरेको बताउनुभयो । पछिल्लो समय छुर्पीको निर्यात उत्साहजनक रूपमा वृद्धि भइरहेको छ । विदेशमा कुकुर र बिरालोको खानाको रूपमा छुर्पी निर्यात हुन्छ ।

विभिन्न देशमा निर्यात हुने छुर्पीमध्ये अमेरिकामा करिब ८४ प्रतिशत जाने गरेको तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा कुल २ अर्ब ९१ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएकोमा अमेरिकातर्फ मात्रै दुई अर्ब ४४ करोड रूपैयाँ बराबरको छुर्पी निर्यात भएको छ ।

बागलुङ दूग्ध उत्पादक सहकारी संघले जिल्लालाई दुधमा आत्मनिर्भर बनाउने प्रयास गरिरहेको छ । उहाँका अनुसार बागलुङ जिल्लामा सबै बजारहरुमा दैनिक ६ हजार ५ सय लिटर दूध खपत हुने भएपनि सदरमुकाम स्थित बागलुङ बजारमा चार हजार लिटर दूध खपत हुन्छ । अझै जग्गा लिएर व्यवसाय विस्तार गर्ने संघको योजना छ ।

मङ्लबार, १७ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो