अमेरिकी उप-विदेशमन्त्री भिक्टोरिया नुल्यान्डले अमेरिकी सरकारले आगामी ५ वर्षमा नेपालमा १ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताउनुभएको छ ।

आज पाटन दरबार क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उप-विदेशमन्त्री नुल्यान्डले अमेरिकाले हरित ऊर्जा, विद्युतीकरण तथा महिलाले सुरु गरेका व्यवसायमा लगानी गर्ने बताउनुभयो ।

उप-विदेशमन्त्री नुल्यान्डले स्वास्थ्य, कृषि र पर्यटन जस्ता क्षेत्रलाई अमेरिकाले प्राथमिकतामा राख्ने बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री विमला राई पौडेलसँगको भेटवार्ता फलदायी रहेको बताउँदै उप-विदेशमन्त्री नुल्यान्डले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाका विषयमा छलफल भएको बताउनुभयो ।

संक्रमणकालीन न्याय प्रक्रिया टुङ्ग्याउने तथा अमेरिकी लगानी भित्र्याउन अनुकूल वातावरण बनाउनेबारे पनि भेटमा छलफल भएको उप-विदेशमन्त्री नुल्यान्डले  बताउनुभयो । भेटमा भ्रष्टाचारविरुद्ध लड्न र लोकतन्त्रलाई पारदर्शी बनाउने विषयमा पनि छलफल भएको नुल्यान्डले बताउनुभयो ।

पाटन दरबार क्षेत्रमा पत्रकार सम्मेलन गर्नुअघि उहाँले पाटन दरबार क्षेत्रको  अवलोकन समेत गर्नुभएको थियो ।

सोमवार, १६ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान