नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित बोजिनीमा बनाउन लागेको लप्सीफेदी सबस्टेसन निर्माणको काम अझै सुरु हुन सकेको छैन ।

पाँच वर्षअघि कानुनसम्मत जग्गा अधिग्रहण भइसकेको र निर्माण ठेक्कासमेत भइसकेको सो आयोजना निर्माणस्थल नै स्थानान्तरणको माग राखेर स्थानीयवासीले अवरोध गरिरहेका छन् ।

पुसमा आयोजना निर्माणका लागि ठेकेदार कम्पनीले काम थालेपछि स्थानीयवासीले काममा अवरोध गर्न थालेका थिए । सरकारले आवश्यक सुरक्षा व्यवस्था गरेर निर्माणका काम सुरु गर्दा प्रहरीसँग मुठभेडको अवस्था आएपछि काम रोकेर वार्ता तथा सहमतिको प्रयास भएका थिए ।

समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणले गत पुस २९ गते स्थानीय जनप्रतिनिधि तथा अन्य सरोकारवालालाई राखेर सहमति गरेको थियो । सहमतिअनुसार माघ ५ गतेदेखि निर्माण सुरु हुनुपर्ने थियो तर सोही सहमतिसमेत स्थानीयवासीले नमानेपछि काम सुरु हुन नसकेको हो ।

आयोजनाको सकारात्मक/नकारात्मक प्रभावबारे स्थानीयसँग अन्तक्र्रिया र मागका विषयमा छलफल गर्न शङ्खरापुर नगरपालिका–७ का वडाध्यक्ष विष्णुप्रसाद श्रेष्ठको संयोजकत्वमा समन्वय समिति गठन गरिएको थियो । सो समितिले समेत स्थानीयवासीसँग छलफल गर्नै पाएको छैन ।

आन्दोलनको नेतृत्व गरिरहेका केही युवा तथा गैरसरकारी संस्थाका प्रतिनिधिले समेत छलफलको वातावरण नबनाएको भन्दै काम गर्न नसकेको जानकारी सो क्षेत्रकी सांसद सोबिता गौतमले नेपाल विद्युत् प्राधिकरणलाई जानकारी गराइसक्नुभएको छ ।

आयोजना निर्माणस्थल पर्ने वडा नं. ३ का वडाध्यक्ष सूर्यबहादुर तामाङले स्थानीय सङ्घर्ष समितिले प्राधिकरणसँगको सहमतिलाई स्वीकार गर्न नमानेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “स्थानीयले नमानेपछि काम हुने कुरै भएन, उनीहरूको माग पूरा गर्नुपर्छ । आसपासमा त्यत्रो जङ्गल तथा खाली क्षेत्र छ भने त्यही नै किन सबस्टेसन बनाउनुप-यो ? सार्ने विकल्प हेर्नुपर्छ ।”

सरकारले सबस्टेसनका लागि आवश्यक पर्ने १७० रोपनी जग्गाका ५० जना जग्गाधनीको जग्गा अधिग्रहणका लागि २०७४ जेठमा सार्वजनिक सूचना प्रकाशित गरी सोही वर्षको माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । शङ्खरापुर–३ का तत्कालीन वडाध्यक्ष सन्तबहादुर वाइबाका अनुसार सबै प्रभावितलाई कानुन र विधिसम्मत प्रक्रियाले अधिकतम हदमै र सबैको राजीखुसीमा मुआब्जा वितरण गरिएको थियो ।

 

आइतवार, १५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे