झापाका पोल्ट्री व्यवसायीहरूले भारतीय कुखुराको अवैध आयात रोक्नका लागि प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग माग गरेका छन् ।

आर्थिक मन्दी र भारतीय कुखुराको अवैध आयातले झापाका पोल्ट्री किसान पलायन हुन थालेको तथा लगानी समेत उच्च जोखिममा रहेको जनाउँदै सो माग गरेको हो । भारतबाट सस्तो मूल्यमा आयात हुने जिउँदो कुखुरा र मासुको आयातले यहाँका पोल्ट्री व्यवसाय सङ्कटमा परेको जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले बताउनुभयो ।

कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दीका कारण विकराल अवस्था आएको पनि पोल्ट्री व्यवसायीको भनाइ छ । भारतबाट आउने अण्डा, कुखुरा र मासुको आयात रोक्न सक्दा पनि यसबाट यहाँको व्यवसायीलाई राहत मिल्ने आफूहरूले मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराएको निरौलाको भनाइ छ ।

जिल्लामा दैनिक करिब ४० हजार केजीसम्म कुखुराको खपत हुनेगरेको व्यवसायीले बताउने गरेका छन् । आर्थिक मन्दीका कारणले ४० प्रतिशत माग घटेको र मूल्य समेत घटेको निरौलाले जानकारी दिनुभयो । तीन वर्ष अघिसम्म हामी आठ हजार जनाले पोल्ट्री व्यवसाय गरे पनि अहिले यो ५ हजार जनामा सीमित भएको उहाँको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले झापाको गौरादहमा आफ्नै निवासमा व्यवसायीहरूको गुनासो सुनेपछि गुनासो सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो ।
“हामी कुखुरामा आत्मनिर्भर बन्नु खुसीको खबर हो र हामीले यहाँका व्यवसायीहरूलाई प्रोत्साहन गर्ने कुरामा कमी गर्दैनौँ” उहाँको भनाइ छ । अवैध रूपमा हुने आयात रोक्नका लागि आफ्नोतर्फ गर्नुपर्ने सहयोग तथा कुनै नीतिगत निर्णय गर्नुपर्ने भएमा त्यसमा पनि आफ्नो ध्यान जाने उहाँले बताउनुभयो ।

आइतवार, १५ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !