स्वच्छ वातावरण स्वस्थ जीवन नारासहित आज काठमाडौमा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ ।

दिलकुमारी केसी स्मृति प्रतिष्ठान, चलचित्र कलाकार संघ,कान्ति साँस्कृतिक केन्द्रले गरेको चलचित्रकर्मी ,कलाकार, पत्रकारसहितको तीन किलोमिटर म्याराथनमा पुरुष तर्फ धनुजंग मगरले प्रथम उपाधि हात पार्दे पचाँस हजार रुपैया जित्नु भएको थियो । त्यस्तै विलेनियम तण्डुकार शाहले दोस्रो स्थान प्राप्त गर्दे तीसहजार र तेस्रो हुदै १५ हजार रुपैया मनोज बिकले हात पार्नु भएको थियो ।

महिला तर्फ नायीका पबित्रा आचार्यले प्रथम स्थान प्राप्त गरी पचाँस हजार रुपैया हात पार्नु भएको थियो भने दोस्रो स्थान अस्मिता सुनार जुरेली र पविरोजा ढकालले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । म्याराथनमा बिजयी खेलाडीलाई पुरस्कार प्रदान गर्दे उपसभामुख इन्दिरा रानामगरले राष्ट्र निर्माणकालागि स्वच्छ खेलकुद आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले खेलकुद राष्ट्रको गहना भएको पनि बताउनुभयो । उर्जा तथा जलस्रोत राज्यमन्त्री दिपकबहादुर सिंहले सरकारले खेल क्षेत्रलाई प्राथमिकता दिनु पर्ने बताउनुभयो ।

खेलकुद राष्ट्रको पहिचान भएकाले खेलकुद क्षेत्रको बिकासकालागि सरकारले दिर्घकालिन योजना बनाउनु पर्ने खाँचो औल्याउनुभयो । दिलकुमारी केसी प्रतिष्ठानका संयोजक नवराज केसीले पछिल्लो समय वातावरणले मानव जिवनमा पारेको असर न्यूनिकरणकोलागि चलचित्रकर्मी, सञ्चारकर्मी र कलाकारको संन्देशमुलक म्याराथनले भूमिका खेल्ने आशा व्यक्त गर्नुभयो ।

म्याराथनमा चलचित्र बिकास बोर्डका अध्यक्ष भुवन केसी, बरिष्ठ संगितकार शम्भुजित बाँस्कोटा, बरिष्ठ कलाकार बसुन्धरा भुषाललगायतका चलचित्रकर्मी, सञ्चारकर्मी र कलाकारको सहभागिता थियो । म्याराथन प्रत्येक बर्ष गरीने आयोजकले जनाएको छ ।

 

शनिबार, १४ माघ, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !