बजारको अभावका कारण डडेल्धुराको परशुराम नगरपालिकाका कृषकहरूले लगाएको केरा बारीमा नै कुहिने अवस्थामा पुगेका छन् ।

जिल्लाको दुर्गम बस्ती परशुराम नगरपालिकाको ६ खालीगडा, कराली, भोरकुण्डा गाउँमा स्थानीय कृषकहरूले लगाएको हजारी, मुसे, मलौटे, मालभोग, तपसी, मुँगरी र देशी जातका लटरम्म फल्ने केराहरूको बजारीकरण नहुँदा खेर गइरहेको स्थानीय कृषकहरूको भनाई रहेको छ । गाउँभरि केरा लगाइएका छन् । तर बिक्री गर्ने बजार छैन, पाक्दै गरेका केरा बिक्री गर्न दुई घण्टा भारी बोकेर सदरमुकाम साँदनी र चन्दनी पुग्नुपर्छ भन्दै स्थानीय भुपेन्द्र धामीको गुनासो छ ।

साँदनी बजार भन्दा उता गाडी चल्दैनन्, हरेक कृषकले डोकोमा २५ दर्जन जति केरा बोकेर बजार चहार्दै जाँदा समयको बर्बादी त भयो नै कतिपय अवस्थामा त बाडेर खाने र कुहिएर जाने केरालाई गाईबस्तुलाई खुवाउनु पर्ने बाध्यता रहेको धामीको भनाइ छ ।

प्रत्येक कृषकसँग १५/२० वटा केराका बोटहरू रहेका छन् । प्रत्येक घरी ५ देखि १० दर्जन जति केरा हुन्छन् । ५० रुपैयाँका दरले बिक्री गरिए पनि वार्षिक हजारौँ आम्दानी हुने निर्वाहमुखी केरा खेतीले पनि पायक पर्ने बजार नपाउँदा कृषकहरू आय आर्जनबाट पनि वञ्चित भएको महाकाली कृषक समूहका अध्यक्ष काशिराज खत्रीले बताउनुभयो ।

सोही क्षेत्रलाई केरा विकास तथा प्रवर्द्धन गर्न स्थानीय परशुराम नगरपालिकालाई विगतमा पकेट क्षेत्रको रुपमा कार्यक्रम दिई कृषकलाई व्यावसायिक रुपमा केरा खेतीका लागि प्रोत्साहन गर्नु पर्ने प्रस्तावना दिए पनि नगरपालिकाले उपेक्षा गरेको उहाँको गुनासो छ । डडेल्धुरा जिल्लाको दक्षिणी अन्तिम सिमानामा रहेका स्थानीय जनता साँदनी कौवानी ब्रह्मदेव कञ्चनपुर सडक निर्माण कार्यले निरन्तरता नपाउँदा वार्षिक २ लाख जतिको उत्पादन हुने केरा स्थानीय गाउँमा मात्र खपत नहुने साँदनीका स्थानीय कृषक हर्कबहादुर मालले बताउनुभयो ।

परम्परागत रुपमा केरा खेती गरेका कराली क्षेत्रका जनताले केरा खेतीका लागि अहिलेसम्म कुनै पनि सरकारी निकायबाट आर्थिक, प्राविधिक लगायत कुनै सहयोग पनि नपाएको स्थानीय खडक सिंह धामीको भनाइ छ । केरा पाकेपछि कहाँ लैजाने भन्ने पिरलो यहाँका कृषकलाई हुने गरेको उहाँको तर्क छ ।

बिहिबार, १४ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो