कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९/८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको अनुमान गरिएको छ। यो गत वर्षको यही अवधिको तुलनामा ६.९४ प्रतिशतले बढी हो।

गत वर्ष बाली भित्र्याउने समयमा परेको बेमौसमी वर्षाका कारण तराईका विभिन्न जिल्लामा खेती नष्ट हुँदा देशमा धानको उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टनमा सीमित भएको थियो। बितेको सालको तुलनामा यो वर्ष धान उत्पादन बढे पनि दुई वर्षअघिको तहमा पुग्न सकेको छैन।

नेपालमा अहिलेसम्मकै सर्वाधिक धान उत्पादन आर्थिक वर्ष २०७७/७८ मा भएको थियो। सो वर्ष ५६ लाख २१ हजार मेट्रिक टन धान फलेको थियो।

धानको उत्पादन बढे पनि धान खेती भएको क्षेत्रफल भने घटेको मन्त्रालयको तथ्याङ्क छ। यो वर्ष धान खेती भएको क्षेत्रफल १४ लाख ४७ हजार ७८९ हेक्टर छ, जुन अघिल्लो वर्षका तुलनामा दुई प्रतिशत कम हो। क्षेत्रफल घटेर उत्पादन बढेसँगै धानको उत्पादकत्व पनि बढेर ३.८ मेट्रिक टनरप्रति हेक्टर पुगेको छ। यो अहिलेसम्मकै धेरै हो।

सामान्य मनसुनी वर्षा, उन्नत बीउबिजन र कृषि प्रविधिको प्रयोग तथा तराईमा ढिला गरी रासायनिक मल उपलब्धताले धान उत्पादन बढेको मन्त्रालयको दाबी छ। यद्यपि, अघिल्ला वर्षहरू जस्तै यो वर्ष पनि किसानले धान खेती गर्ने वेला रासायनिक मल पाएका थिएनन्।

सबैभन्दा धेरै धान मधेश प्रदेशले फलाएको छ। मधेशले १३ लाख ८८ हजार मेट्रिक टन धान फलाएको हो। प्रदेश १ ले १३ लाख ३६ हजार मेट्रिक टन र लुम्बिनी प्रदेशले ११ लाख ५१ हजार मेट्रिक टन धान फलाएको छ।

गत वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशको धान उत्पादन एक तिहाइले बढेको मन्त्रालयको तथ्याङ्क छ। गत वर्ष बेमौसमी पानीले धान बाली नष्ट हुँदा कम उत्पादन देखिएको र यो वर्ष उत्पादन बढेको जनाइएको छ।

धान नेपालको प्रमुख कृषि बाली मात्र होइन, अर्थतन्त्रको एउटा सहायक खम्बा पनि हो। मन्त्रालयका अनुसार, कुल कृषि क्षेत्रको अर्थतन्त्रमा धानले १३ प्रतिशत हिस्सा ओगट्छ भने देशको कुल गार्हस्थ्य उत्पादनमा यसको हिस्सा चार प्रतिशत छ।

नेपालमा यो वर्ष उत्पादन भएको धानले नपुग्ने र चार लाख ८० हजार मेट्रिक टन चामल आयात गर्नुपर्ने मन्त्रालयले आकलन गरेको छ। नेपालले बर्सेनि अर्बौं रुपैयाँको धान चामल आयात गर्दै आएको छ। यो वर्षको मंसीरसम्म पनि १२ अर्ब ६५ करोड मूल्यको धान चामल आयात भइसकेको छ।

बिहिबार, १४ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो