धनुषा जिल्लाको नगराइन नगरपालिका सहित अन्य दुई पालिकाहरूमा रहेका शिक्षकहरूलाई विगत ६ महिनादेखि तलब भत्ता नदिएको भन्दै धनुषाका सामुदायिक विद्यालयको पठन पाठन ठप्प पारेका छन् ।

विद्यालयका शिक्षकहरू तलब भत्ता नपाएको भन्दै नगराइन नगरपालिकाका शिक्षकहरू हडतालमा उत्रेको समर्थनमा नेपाल शिक्षक महासङ्घ तथा युनियनले आज सामुदायिक विद्यालयहरूको पठन पाठन अवरोध गर्दै आम हडतालको घोषणा गरेको छ ।

धनुषाका सम्पूर्ण सामुदायिक विद्यालयको पठन पाठन अवरुद्ध भएपछि विद्यालय पढ्नका लागि गएका विद्यार्थीहरू पढेर फर्किनु परेको छ । नगराइन नगरपालिकाको नगर परिषदबाट नगर पालिकाको चालु आर्थिक वर्षको बजेट पारित नभएपछि शिक्षकहरूले तलब भत्ता नपाएपछि विद्यालयको पठन पाठन अवरुद्ध गर्दै हडतालमा उत्रेका छन् ।

धनुषामा रहेका अधिकांश विद्यालयहरू बन्द रहेपछि विद्यार्थीहरू पढ्न पाएका छैन । धनुषा जिल्लाको नगराइन, कमला तथा क्षिरेश्वरनाथ नगरपालिका शिक्षक तथा कर्मचारीहरू चालु आर्थिक वर्षको साउन देखि हालसम्मको तलब भत्ता खान सकेको छैन ।

शिक्षकहरूको तलब भत्ता बाहेकका अन्य श्रोत नभएको भन्दै कतिपय शिक्षकहरूको घर परिवार चलाउनमा पनि समस्या उत्पन्न भएको छ । कतिपय शिक्षकहरूको बाहिर वा उच्च शिक्षामा रहेका छोरा छोरीलाई पढाउन समस्या भएको छ ।

शुक्रबार, ८ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !