भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लो सात महिनामा जम्माजम्मी ८१ जना विदेशी पर्यटकले ओहोरदोहोर गरेका छन् । गत जेठ २ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको सो विमानस्थलबाट ४५ जना विदेशी पर्यटक भित्रिएका छन् भने ३६ जना बाहिरिएका हुन् ।

विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख अनुप केसीका अनुसार सबैभन्दा बढी पर्यटक फिलिपिन्स, इजिप्ट, पाकिस्तान, लेबनान, जोर्डन, कुवेत, बेलायत, बङ्गलादेश र साउदीबाट भित्रिएका हुन् । उहाँले भन्नुभयो, “विमानस्थल सञ्चालनमा आएको छोटो समयमा सीमित उडानबाट बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो मुलुकका पर्यटकको चहलपहल बढ्दै गएको छ । पछिल्लो समय बौद्धमार्गी पर्यटकसँगै युरोपलगायतका मुलुकबाट समेत सिधै पर्यटक लुम्बिनी आउन थालेका छन् ।”

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलबाट पछिल्लो छ महिनामा ९२ अन्तर्राष्ट्रिय उडान र त्यति नै अवतरण भएका छन् । उक्त अवधिमा २१ हजार १६३ जनाले अन्तर्राष्ट्रिय हवाई सेवा लिएको प्राधिकरणले जनाएको छ । हाल दुईवटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय हवाई सेवा दिँदै आएको उक्त विमानस्थलमा स्वदेशीसहित ११ हजार २०९ जना यात्रु भित्रिएका र नौ हजार ९५४ जना यात्रु बाहिरिएका छन् ।

त्यस्तै आन्तरिकतर्फ पछिल्लो ११ महिनामा छ लाख ३१ हजार ३३६ हवाई यात्रुले ओहोरदोहोर गरेका छन् । सोही अवधिमा आन्तरिकतर्फ ११ हजार ७६८ उडान तथा अवतरण भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नेपालमा सबैभन्दा बढी यात्रु ओहोरदोहोर गर्ने प्रमुख पाँच विमानस्थलमध्ये गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चौथो स्थानमा छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल, विराटनगर विमानस्थलपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बढी व्यस्त विमानस्थल भएको छ ।

मङ्लबार, ५ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे