मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युत उत्पादन घट्न थालेको छ ।

आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत उत्पादन घट्न थालेको हो । बेँसीशहर नगरपालिका–१ दलाल स्थित ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रमा कूल क्षमताभन्दा करिब २१ मेगावाट विद्युत उत्पादन घटेको छ ।

मर्स्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत घट्दा दैनिक ४८–४९ मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको केन्द्रका प्रमुख पवन बस्नेतले जानकारी दिनुभयो । एक महिनाअघि सम्म नदीको पानी बढी भएर खेर जान्थ्यो तर अहिले सबै पानी प्रयोग गरे पनि उत्पादन घटिरहेको उहाँको भनाई छ । ३५–३५ मेगावाट क्षमताको दुईवटा टर्बाइन गरी ७० मेगावाट क्षमताको आयोजना हो । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ । विगतका वर्षहरुमा विद्युत उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो ।

यसबाहेक जिल्लामा विद्युत उत्पादन थालेका झण्डै आधा दर्जन आयोजनाहरुमा समेत बिजुली उत्पादन घट्ने क्रममा रहेको छ । मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजनाको विद्युत उत्पादन पनि घट्ने क्रममा रहेको आयोजनाले जनाएको छ ।

त्यस्तै, २७ मेगावाट क्षमताको दोर्दी जलविद्युत आयोजना, २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए आयोजना, पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र दुई मेगावाटको छ्याङ्दी आयोजनाबाट पनि बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ ।

 

सोमवार, ४ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे