चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ की ८५ वर्षीया अम्मा थापालाई पेट दुख्ने र मुटु फुल्ने समस्याले सताएको थियो । उहाँ उपचारका लागि पाल्पा वा बुटवल जान पनि भ्याउनुभएको थिएन ।

चन्द्रकोट गाउँपालिकाले गाउँमै स्वास्थ्य शिविरको आयोजना गरेपछि उहाँको समस्या गाउँमै समाधान भएको उहाँले बताउनुभएको छ । उमेरले च्याप्दै गएका कारण उपचारमा जान समस्या भएको भन्दै समय, पैसा दुवैको बचत भएको र गाउँमै उपचार पाउँदा आफूलाई खुसी लागेको उहाँको भनाइ छ ।

यस्तै, सोही स्थानकी नन्दकुमारी खत्रीलाई पाठेघरको समस्या, खान मन नलाग्ने र निद्रा पनि नपर्ने समस्याले सताएको थियो । उहाँको समस्या पनि सोही शिविरबाट समाधान भएको उहाँले बताउनुभयो ।

चन्द्रकोट गाउँपालिका रुपाकोटका ८० वर्षीय मनिराम ढकाललाई पनि पिसाब पोल्ने, घुँडा दुख्ने जस्ता समस्याले सताएको र शिविरबाटै उपचार लिन पाउँदा ठूलो राहत मिलेको बताउनुभएको छ । गाउँमै शिविर सञ्चालनबाट सेवा लिन पाउँदा खुसी लागेको भन्दै समय समयमा गाउँमै शिविर सञ्चालन गर्न उहाँले स्थानीय सरकारलाई आग्रह गर्नुभएको छ ।

चन्द्रकोट गाउँपालिका वडा नम्बर २ की दीपा खरेलले बुवाको पिसाबसम्बन्धी समस्या र अन्य समस्याहरूको उपचार गाउँमै गराउन पाउँदा समय र पैसा बचत भएको बताउनुभयो ।

यता चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्रीले स्थानीय सरकार जनताको स्वास्थ्यप्रति गम्भीर रहेका भन्दै गाउँमा अझै पनि रोग पालेर बस्ने स्थानीयको समस्यालाई समाधान गर्न शिविर सञ्चालन गरेको बताउनुभयो ।

शुक्रबारदेखि दुई दिन चलेको शिविरबाट विभिन्न सहयोगी संस्थाहरूको सहयोगमा एकहजार ६२३ जनाले सेवा लिएका छन् । जसमा एक हजार १०६ जना महिला र ५१७ जना पुरुषले सेवा लिएको गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

सोमवार, ४ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान