प्योङयाङले नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि आइतबार दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

प्योङयाङले गत महिना अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणसहित अभूतपूर्व हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव ह्वात्तै बढेको छ ।

दक्षिण कोरियाका ज्वाइन्ट चिफ अफ स्टाफ ९जेसीएस०ले उत्तर प्योङगान प्रान्तको तोङचाङ–री क्षेत्रबाट प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र फेला परेको पुष्टि गरेका हुुन् ।

उनका अनुसार ती क्षेप्यास्त्रहरू स्थानीय समयअनुसार बिहान ११स्१३ देखि अपराह्न १२स्०५ बजेसम्म पूर्वी सागरमा प्रहार गरिएको थियो । जेसीएसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो सेनाले संयुक्त राज्य अमेरिकासँग नजिकबाट सहकार्य गर्दै निगरानी र सतर्कतालाई बलियो बनाएको छ ।’

जापानको रक्षा मन्त्रालयका अनुसार उक्त क्षेप्यास्त्र करिब ५०० किलोमिटरको उचाइमा पुगेको थियो । ‘यसले जापान, यस क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको शान्ति र सुरक्षालाई खतरामा पार्छ र यो बिल्कुलै अस्वीकार्य कार्य हो,’ वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले भने।

उत्तर कोरियाले ‘हाई थ्रस्ट सोलिड फ्युल मोटर’ को परीक्षण गरेको केही दिनपछि आइतबारको प्रक्षेपण भएको हो । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले यसलाई ‘अर्को नयाँ प्रकारको रणनीतिक हतियार प्रणालीको विकासका लागि’ महत्त्वपूर्ण परीक्षणका रूपमा व्याख्या गरेका छन् ।

आफ्नो हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद प्योङयाङले अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र ९आईसीबीएम० को शस्त्रागार निर्माण गरेको छ ।

यद्यपि उत्तर कोरियाली नेता किम जोङ उनले थप उन्नत क्षेप्यास्त्रका लागि ठोस इन्धन इन्जिन विकास गर्न रणनीतिक प्राथमिकता दिएका छन् ।

नेता किमले यसै वर्ष उत्तर कोरियासँग विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति होस् भन्ने चाहका साथ आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गरेका थिए ।

उनले गत वर्ष सार्वजनिक गरेको इच्छासूचीमा जमिन वा पनडुब्बीबाट प्रक्षेपण गर्न सकिने ठोस इन्धनको आईसीबीएम पनि समावेश थियो ।

पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण उक्त लक्ष्यतर्फको एक कदम थियो, तर यस्तो क्षेप्यास्त्रको विकासमा उत्तर कोरिया कति टाढा पुगेको छ भन्ने स्पष्ट नभएको विश्लेषकहरुले बताएका छन् ।

यस महिनाको अन्त्यमा हुने पार्टीको बैठकमा अर्को वर्षका लागि पृथक देशको नीतिगत दिशा तय गरिने बताइएको छ । उत्तर कोरियाको सरकारी समाचार संस्थाले यसअघि किमले सन् २०२३ लाई ‘ऐतिहासिक वर्ष’ हुने बताएका थिए ।

विगतका वर्षहरूमा नेता किमले हरेक जनवरी १ मा सम्बोधन गर्ने गरेपनि तर हालै उनले वर्षको अन्त्यमा हुने पार्टीको पूर्ण बैठकका निर्णय सार्वजनिक गर्ने परम्परालाई त्याग्ने बताइएको छ ।

गत नयाँ वर्षको दिन जारी गरिएको आफ्नो पछिल्लो सम्बोधनमा किमले घरेलु मामिलाबारे बोलेका थिए ।

गत वर्ष किमले अमेरिकालाई प्रत्यक्ष सम्बोधन नगरे पनि यसपटक भने उहाँले आफ्नो स्वर परिवर्तन गर्न सक्ने विज्ञहरुले बताएका छन् ।

संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले आफ्नो सातौं आणविक परीक्षणको तयारी गरिरहेको महिनौंदेखि चेतावनी दिँदै आएका छन् ।

उत्तर कोरियाले सन् २००६ देखि आणविक तथा क्षेप्यास्त्र गतिविधिलाई लिएर संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।

 

आइतवार, ३ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान