नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई महिना अघि जडान गरिएका ६ थान डायलासिस मेसिन हालसम्म पनि सञ्चालनमा नआउँदा मिर्गौलाका बिरामीलाई समस्या भएको छ ।

डायलासिस मेसिन सञ्चालनमा नआउँदा डायलासिसका लागि लामो समयदेखि पालो पर्खेर बसेका बिरामी समस्यामा परेका हुन् । नयाँ मेसिन सञ्चालनमा आएपछि दैनिक थप १५ जना मिर्गौलाका बिरामीले डायलासिस सेवा पाउने अस्पतालले जनाएको छ ।

डायलासिसका लागि आवश्यक पर्ने पानी प्रशोधन गर्ने आरओ प्लान्ट जडान भएको एक महिना बितिसकेको छ, तर डायलासिस मेसिन अझैँ सञ्चालनमा ल्याउन नसकेको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा। बद्री चापागाईँले बताउनुभयो ।

उहाँले आरओ प्लान्टको पानी परीक्षणका लागि काठमाडौँ पठाएको एक महिना भइसकेको जनाउँदै उताबाट परीक्षणको रिपोर्ट आउने बित्तिकै मेसिन सञ्चालनमा ल्याइने बताउनुभयो ।

पुसको पहिलो साताबाट नयाँ ५ वटा मेसिनबाट डायलासिस सुरु गर्ने तयारी गरिएको अस्पतालले जनाएको छ । अस्पताल प्रमुख डा। चापागाईँका अनुसार नयाँ मेसिन पुरानो आइसियु कक्षमा राखिएको छ, छ वटा नयाँ मेसिन मध्ये पाँच वटा मात्र अहिले सञ्चालनमा ल्याइनेछ ।

नयाँ मेसिन जडान भए दैनिक थप १५ जना मिर्गौलाका बिरामीले डायलासिस सेवा पाउने छन् । यसबाट पालो पर्खेर बसेका धेरै विपन्नले सेवा पाउने छन् । बिरामीले नयाँ मेसिन छिटो सञ्चालन गर्न पटक पटक आग्रह गरिरहेका छन् तर मेसिन जडान भएको दुई महिना बिते पनि अझैँ सञ्चालन नहुँदा धेरैको स्वास्थ्य अवस्था निकै गम्भीर चरणमा पुगिसकेको छ ।

यसैगरी, कोहलपुर मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालमा गत एक महिनादेखि बन्द रहेको डायलासिस सेवा पुनः सञ्चालनमा आएको छ ।

डायलासिस बन्द हुँदा ३३ जना मिर्गौला पीडितको मृत्यु भएको थियो ।

अस्पतालका सूचना अधिकारी सञ्जय पन्तले बन्द रहेको डायलासिस सेवा पुनः सञ्चालनमा आइसकेको जानकारी दिँदै सेवा सुचारु रहेको बताउनुभयो ।

 

शनिबार, २ पुस, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान