Trending
मनपरी रुपमा तौल लोड गरेर भारतीय ट्रकलाई मुलुकभर ढुवानीमा छुट दिएको विरोधमा ट्रक व्यवसायी आन्दोलित बनेका छन् ।
मुलुकभित्र नियमअनुसार नेपाली ट्रकले ढुवानी गर्न पाउनु पर्ने माग राख्दै शुक्रबार व्यवसायीले रुपन्देहीमा प्रदर्शन गरेका हुन् । बेलहिया नजिकै बाइपासमा रहेको ट्रक पार्किङ स्थलबाट नाराबाजी गर्दै व्यवसायीको र्यालीले नाकास्थित भन्सार कार्यालयको गेटमा पुगेर विरोधसभा गरेको थियो ।
कानुन विपरीत भारतीय ट्रकले गरिरहेको अधिक भार बहनले नेपाली व्यवसायी मर्कामा परेको भन्दै यसलाई नियन्त्रणमा लिन उनीहरुले सरकारलाई दबाब दिएका छन् । ट्रक व्यवसायी महासंघ लुम्बिनी प्रदेशको आयोजनामा भएको विरोध प्रदर्शनमा ट्रकले भन्सार बिन्दुसम्म ओसारेको समान नेपली ट्रकले ढुवानी गर्न पाउने खालको व्यवस्था मिलाउन पनि माग गरेको छ ।
उनिहरुले भन्सार कार्यालयमा समेत ज्ञापन पत्र बुझाएका छन् ।