Trending
चिनियाँ कार्यवाहक राजदूत वाङ सिङले नेपालमा उत्पादन भएका विद्युतलाई चीन सरकारले खरिद गर्न सक्ने बत्ताउनुभएको छ ।
‘चिनियाँ कम्युनिष्ट पार्टीको २० औँ महाधिवेशनको प्रतिवेदनमा के छ रु’ भन्ने शीर्षकमा लेखिएको पुस्तक विमोचन गरेपछि उहाँले सो धारणा राख्नुभएको हो ।
विमोचित पुस्तक अरनिको समाजका प्रथम उपाध्यक्ष डा। सर्वोत्तम श्रेष्ठले अनुवादन र सम्पादन गर्नुभएको हो ।
उहाँले चीन र नेपालबीच मैत्रीपूर्ण सम्बन्धहरूलाई नयाँ उचाइमा पुर्याउन आवश्यक भएको कुरामा जोड दिनुभयो । दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउनको लागि चीनदेखि नेपालसम्म ल्याउने रेलमार्गको बारेमा विस्तृत अध्ययन भइरहेको जानकारी दिनुभयो ।
उहाँले सन् २०५० सम्म एक अर्ब ४० करोड चिनियाँ जनतालाई आधुनिकीकरणतर्फ लैजान चीन सरकारले योजना बनाइरहेका कारण सो योजनाबाट नेपाल र नेपाली जनता पनि लाभान्वित हुने बताउनुभयो ।
कोरोना भाइरसको समयमा चिनियाँ सरकारले कडा रूपमा प्रतिबन्ध लगाउन सकेकाले ४० लाख जनता बचाउन सकिएको दाबी प्रस्तुत गर्नुभयो ।
उहाँले पछिल्ला चीन सरकारको कदम विश्व शान्ति स्थापना गर्न र विश्वमा आर्थिक उत्पादन वृद्धि गर्न सक्रियता बढेको पनि उल्लेख गर्नुभयो ।