दक्षिण अमेरिकी मुलुक पेरुमा देशब्यापी संकटकाल लागू गरिएको छ ।

महाअभियोग लगाएर राष्ट्रपति पेद्रो क्यास्तिलोलाई पदबाट हटाएपछि सुरु भएको राजनीतिक उथलपुथल नियन्त्रणमा नआएपछि संकटकाल घोषणा गरिएको हो ।

त्यहाँका रक्षामन्त्री अल्बर्टो ओटारोलाले कुनै पनि आन्दोलन तथा सभा सम्मेलन गर्ने अधिकारहरु निलम्वन गर्दै ३० दिनका लागि संकटकाल लागू गरिएको घोषणा गर्नुभएको हो ।

सडक अवरुद्ध गर्ने अथवा तोडफोड गर्ने क्रियाकलाप भए कफ्र्यु लगाउने र कठोर कारबाही गर्ने पनि चेतावनी दिइएको छ । सशस्त्र सुरक्षाकर्मीको सहयोगमा प्रहरीलाई देशब्यापी रुपमा स्थितिलाई नियन्त्रणमा राख्ने अधिकार दिइएको पनि त्यहाँको रक्षा मन्त्रालयले जनाएको छ ।

न्यायाधीशले पूर्व राष्ट्रपति क्यास्तिलोलाई विद्रोह र षडयन्त्रको अभियोगमा जेलमै राख्न आदेश दिएपछि देशब्यापाी प्रदर्शन भड्किएको थियो ।

बामपन्थी राष्ट्रपति क्यास्तिोलाका समर्थकहरुले ताजा जनादेशका लागि चुनाव र आफ्ना नेता क्यास्तिलोको रिहाइएको माग गर्दै सडक कब्जा गर्दै आएका थिए ।

गत साता पेरुसको संसदको ठूलो बहुमतले क्यास्तिलो विरुद्धको महाअभियोग पािरत गर्दै उहाँलाई पदबाट हटाएको थियो ।

बिहिबार, २९ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान