पोल्यान्डको राजधानी सहर वार्सामा नेपाली कन्सुलर कार्यालय स्थापना भएको छ ।

नेपाली समुदाय एवम् बवदेशी कूटनीतिक क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा यही डिसेम्बर ९ मा पोल्यान्डका लागि नेपाली कन्सुलर कार्यालयको विधिवत् सुरुवात गरिएको हो ।

जर्मनीका लागि नेपाली राजदूत रामकाजी खडकाले कार्यालयको उद्घाटन गर्दै पोल्यान्डमा रहेका नेपालीको हकहितको लागि आफू र नेपाली दूतावासको तर्फबाट सक्दो सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पोल्याण्डको समेत गैर आवासीय राजदूत खडकाले कन्सुलर कार्यालयको स्थापनाले दुई देशको मात्र नभई पोल्यान्डमा रहेका नेपालीको समस्या सम्बोधन गर्नसमेत सहयोग पुग्ने बताउनुभयो ।

नेपाल सरकारले हालै मात्र डा। बोधराज सुवेदीलाई पोल्यान्डका लागि अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । करिब ६३ वर्ष लामो कूटनीतिक ,राजनीतिक र सांस्कृतिक सम्बन्ध रहेको पोल्यान्डमा पहिलोपटक नेपाल सरकारले अवैतनिक वाणिज्यदूत नियुक्त गरेको हो ।

लामो समयदेखि पोल्यान्डलाई कर्मथलो बनाउँदै आउनुभएका डा. सुवेदीको पहलमा आफ्नै निवासमा कार्यालय स्थापना भएको हो । अवैतनिक वाणिज्यदूत डा.  सुवेदी त्यहाँ रहेका नेपालीहरूको हक हितमा सक्रियतापूर्वक लागेका व्यक्ति हुनुहुन्छ । पेसाले वरिष्ठ चिकित्सक समेत रहनु भएका डा. सुबेदी गैर आवासीय नेपाली सङ्घ पोल्याण्डका प्रमुख संरक्षक र संस्थापक अध्यक्ष समेत रहनुभएको छ । डा. सुवेदीले पोल्यान्डसहित युरोपमा रहेका नेपालीहरूलाई समेत आफ्नो सेवा दिइरहनु भएको छ ।

 

बुधबार, २८ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान