सुनसरीमा धानबालीपछिको दोस्रो बालीको रुपमा लगाउँदै आएको गहुँ छर्ने ऋतु सकिन लागेको छ तर बजारमा मल नपाएपछि किसानले बाध्य भएर मल विना नै गहुँ छर्ने काम सुरु गरेका छन् । धान भित्र्याइसकेको एक महिना भइसक्दा पनि अहिले जिल्ला सदरमुकाम इनरुवा र ग्रामीण क्षेत्रका बजारमा मल नपाएपछि पूर्ण रुपमा गहुँ छर्न नपाएको किसानहरुले गुनासो गरेका छन् ।

इनरुवा नगरपालिका ९ का किसान दीपेन्द्र यादवले गहुँ छर्ने मुख्य ऋतु सुरु भएर सकिन लाग्दासमेत बजारमा मल आइनसकेकाले गहुँ लगाउने नलगाउने दोधारमा परेको दुःखेसो पोख्नुभयो । यादवले धान काटेर खेत खाली भएको महिना लाग्दा समेत बजारमा मल नपाउँदा मल विनाको बाली राम्रो नहुने हो कि भन्ने चिन्ता लागेको सुनाउनुभयो ।

अर्का किसान फेकुलाल यादवले अधियाँमा एक बिघा खेती गर्दै आएकोमा गहुँको बीउमा डिएपी र पोटास मिसाएर छर्ने योजना बनाए पनि गाउँको सहकारी र बजारका पसलमा मल नहुँदा मल विना नै गहुँ छर्नुभएको छ । यादवले आफू जस्तै हजारौं किसानले डीएपी, पोटास र यूरिया मलको अभाव खेप्नुपरेको गुनासो गर्नुभयो ।

नेपाली बजारमा मल नपाएपछि सीमावर्ती दक्षिणीवर्ती गाउँका किसानले भारतबाट तस्करीका गुणस्तरहीन मल प्रयोग गर्न बाध्य भएका छन् । सुनसरीको हरिनगर गाउँपालिका–२ का किसान विनोद बहरदार, भोक्राहा नरसिंह गाउँपालिका–२ अकाहाका किसान सुरेन्द्र मेहता, कोशी गाउँपालिका–३ का किसान हरिलाल यादवले मल नपाएकाले किसान समस्यामा परेको बताउनुभयो ।

जिल्लामा ८१ हजार ९४४ हेक्टर जग्गा खेतीयोग्य रहेकोमा २० हजार हेक्टरमा गहुँ खेती हुँदै आएको छ ।

बुधबार, २८ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो