Trending
राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्रै प्राविधिक एवम् व्यवहारिक शिक्षा प्रदान गरी अध्ययनका लागि विदेश जाने युवा जनशक्तिलाई रोक्नु आजको आवश्यकता रहेको बताउनुभयो ।
बाँसबारी माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले मुलुकको सर्वाङ्गीण विकासमा गुणस्तरीय शिक्षा आवश्यक रहने भन्नुहुँदै राष्ट्रलाई सहयोग पुग्नेगरी दक्ष जनशक्ति उत्पादनमा विद्यालयले ध्यान दिनुपर्ने बताउनुभयो ।
केन्द्र, प्रदेश र स्थानीय तहले सक्रिय सहभागिता जनाए सामूहिक विद्यालयले गुणस्तर शिक्षा प्रदान गर्ने उदाहरणहरू प्रशस्त रहेको भन्नुहुँदै राष्ट्रपति भण्डारीले यसका लागि विद्यालयको भूमिका पनि अहम् रहने बताउनुभयो । उहाँले ज्ञान भूमि र शान्ति भूमि नेपालको एकता र सार्वभौमिकता कायम राख्न विद्यालय शिक्षाको भूमिका अग्रणी रहने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले ३० वर्ष भन्दा बढी सेवा गर्ने शिक्षक शिक्षिकालाई दिर्घसेवा पदकबाट सम्मान गर्नुभएको थियो ।