राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७९र८० मा भर्ना भएका विद्यार्थीहरूका लागि रजिस्ट्रेसन आवेदन फाराम खुला गरिएको कार्यालयले जनाएको छ ।

आगामी पुस १५ गते नियमित शुल्क बुझाएर र दोब्बर दस्तुरसहित पुस मसान्तसम्म फाराम बुझाउन सक्नेछन् ।

रजिस्ट्रेसन आवेदनसहित प्रति विद्यार्थी चार सय पुस १५ गतेभित्र बोर्डका सम्बन्धित कार्यालयको खातामा दाखिला गरिसक्नुपर्ने छ । साथै, सो समयमा रकम दाखिला गर्न नसक्ने विद्यार्थीको हकमा पुस मसान्तभित्र विलम्ब शुल्कसहित आठ सयका दरले रकम जम्मा गर्नुपर्ने कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

सम्बन्धित विद्यालयले माघ १५ बैङ्क भौचर र रजिस्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यालयमा बुझाउनु पर्ने छ ।

रजिस्ट्रेसन आवेदन फाराम विद्यार्थी स्वयंले गर्नुपर्ने छ । विद्यार्थीहरूको उक्त विवरण सम्बन्धित विद्यालयले अनलाइनमार्फत प्रविष्टि गर्ने व्यवस्था मिलाउनु पर्ने छ । कार्यालयका अनुसार अनलाइन प्रविष्टिका लागि बोर्डको वेबसाइट पुस ३ गतेबाट खुला गरी पुस मसान्तमा बन्द हुने छ ।

सोमवार, २६ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !