नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा शंकास्पद कारोबार ह्वात्तै बढेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकको वित्तीय जानकारी एकाईले प्रकाशन गरेको वार्षिक प्रतिवेदनमा वाणिज्य बैंकहरुको शंकास्पद कारोबार बढेको उल्लेख छ । प्रतिवेदनमा अघिल्लो आर्थिक वर्षको तुलनामा शंकास्पद कारोबार ८१ प्रतिशतले बढेको उल्लेख छ । सम्पत्ति शुद्धीकरण निवारण ऐनमा शंकास्पद कारोबार भएको तीन दिनभित्र एकाईमा रिपोर्ट गर्नुपर्ने प्रावधानअनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुले दुई हजार ३८० वटा शंकास्पद कारोबार भएको रिपोर्टिङ एकाईमा गरेका थिए । अघिल्लो आर्थिक वर्ष एक हजार ४०३ वटा शंकास्पद कारोबार भएको रिपोर्ट गरिएको थियो ।

रिपोर्टिङ विकास बैंक, वित्त कम्पनी, लघुवित्त, बीमा, विप्रेषण कम्पनी, धितोपत्र कम्पनी, सहकारी तथा सरकारी निकायले गरेका हुन् । सम्पत्ति शुद्धीकरणको सूचना संकलन र विश्लेषण गर्ने वित्तीय जानकारी एकाईमा यी सबै संस्थाको दुई हजार ७८० वटा शंकास्पद कारोबार भएको रिपोर्टिङ भएको थियो ।

आइतवार, २५ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो