संयुक्त राज्य अमेरिकाले रुसले इरानलाई हवाइ रक्षा प्रणालीसहितको अत्याधुनिक सैन्य सहायता उपलब्ध गराएको आरोप लगाएको छ ।

उक्त सहायताले रसियाले युक्रेनमा इरानी ड्रोनहरु प्रयोग गर्ने आशंका उब्जिएको बताइएको छ । यसले मस्को र तेहरानबीचको रक्षा सम्बन्ध थप मबजुद बनाउने चेतावनी दिएको छ । ह्वाइटहाउसको राष्ट्रिय सुरक्षा परिषदका प्रवक्ता जोन किर्बीले मस्कोले तेहरानलाई महत्वपूर्ण सैन्य र प्राविधिक सहयोग प्रस्ताव गरेको आरोप लगाउनुभयो ।

उक्त सहयोगले दुई देशबीचको सम्बन्धलाई पूर्ण रक्षा साझेदारीमा रुपान्तरण गरेको अमेरिकी अधिकारीहरुको आरोप छ । वासिङटनले इरान र रुसबीचको सुरक्षा सहयोगको निन्दा गरेको छ । पश्चिमी शक्तिहरुले इरानले युक्रने विरुद्धको युद्धका लागि रुसलाई ड्रोन आपूर्ति गरेको आरोप लगाएका छन् ।

मस्कोले रक्तपातपूर्ण द्वन्द्वमा आफ्नो स्वार्थका लागि युक्रेनको उर्जा पूर्वाधारमा ठूलो क्षति पु¥याएको बताइएको छ । गत महिना इरानले पनि रुसलाई सयौं ब्यालेस्टिक क्षेप्यास्त्रहरु बिक्री गर्न लागेको समाचार सार्वजनिक भएको थियो । सो कदमको बेलायत, अमेरिका लगायतका मुलुकले विरोध गरेका थिए ।

उनीहरुले मध्यपूर्व र अन्तर्राष्ट्रिय सुरक्षामा आफ्ना साझेदारहरुप्रतिको सुरक्षा खतरा बढाएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

शनिबार, २४ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान