प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभएको छ ।

पुल्चोक क्याम्पसमा  आयोजित त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको बताउनुभएको हो ।

“त्रिभुवन विश्वविद्यालयले बर्सेनि अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्नसक्ने हजारौँ जनशक्ति उत्पादन गरेर नेपालको शिर उच्च बनाएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “ नेपालमा उच्च शिक्षा प्रवद्र्धन र विकासमा मुलुककै जेठो तथा अग्रणी विश्वविद्यालयको रुपमा रहेको यस विश्वविद्यालयले पुर्‍याएको योगदान हामी सबैका सामु जगजाहेर छ । आज मुलुकको राजनीतिक र प्रशासकीय नेतृत्व सम्हाल्ने अधिकांश जनशक्ति त्रिभुवन विश्वविद्यालयकै हुनुहुन्छ । यस्तो महत्त्वपूर्ण शिक्षा प्रदान गर्ने विश्वविद्यालयबाट दीक्षित हुन पाउनु विद्यार्थी स्वयंमा पनि गौरवको विषय हो ।”

उहाँले यस विश्वविद्यालयबाट चिकित्सा शास्त्र, इन्जिनियरिङ, भौतिक विज्ञान, व्यवस्थापनलगायतका विषयका क्याम्पस दक्षिण एसियाकै प्रतिष्ठितमा पर्ने बताउनुभयो ।

उहाँले शैक्षिक प्रतिष्ठानको गुणस्तरलाई समयको पदचापसँगै अगाडि बढाउन आवश्यक रहेको समेत औँल्याउनुभएको छ ।

 

शुक्रबार, २३ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !