परीक्षा सकिएको ३ महिनाभित्रै नतिजा सार्वजनिक लगायतका माग राखी तीन विद्यार्थी संगठनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको भक्तपुरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

सीटीईभीटीले समयमा नै नजिता सार्वजनिक नगर्दा विद्यार्थी रोजगारी र उच्चशिक्षा अध्ययन गर्नबाट समेत वञ्चित भएको विद्यार्थी नेताहरूको गुनासो छ ।

सत्तारुढ नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा तालाबन्दी गरेको विज्ञप्तिमा उल्लेख छ । सीटीईभीटीलाई पटकपटक ध्यानार्कषण गराउँदा पनि कुनै सुनुवाई नभएकाले तालाबन्दी गरिएको विद्यार्थी संगठनले जनाएका छन् । विद्यार्थीले गुणस्तर प्राविधिक शिक्षाका लागि अनुगमनलाई प्राथमिकता दिनुपर्ने माग समेत गरेका छन् । सरकारी कलेजलाई प्राथमिकता दिएर सम्बन्धन वितरण गर्नुपर्ने, सीटीईभीटीबाट उत्पादित जनशक्तिलाई विशेष व्यवस्था गरेर रोजगारीको अवसर दिने वातारण बनाउनुपर्ने माग अघि सारिएको छ ।

सीटीईभीटीले हचुवाका भरमा शैक्षिक संस्थाहरूको स्तरवृद्धि गरेको आरोप समेत विद्यार्थीले लगाएका छन् ।

सीटीईभीटीले निवेदन दिएर बसेका कलेजलाई सम्बन्धन दिने प्रक्रिया अघि बढाएको छ ।  माग पूरा नभएसम्म अनिश्चितकालीन तालाबन्दी जारी रहने तीन विद्यार्थी संगठनलेबताएका छन् ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !