सुदूरपश्चिम प्रदेश सभा सचिवालयका कर्मचारी नवनिर्वाचित प्रदेश सभा सदस्यको स्वागतको तयारीमा जुटेको छ ।

प्रदेशमा छ दल बनेपछि संसदीय दलका कार्यालयको व्यवस्थापन, प्रदेश सभा बैठक हलको व्यवस्थापन, सभा सञ्चालनका लागि आवश्यक पर्ने विजनेश लगायतको तयारीमा प्रदेश सभा जुटिसकेको हो । प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले प्रदेश सभा सदस्यको स्वागतका लागि सचिवालय तीव्र रुपमा तयारीमा जुटेको जानकारी दिनुभयो ।

उहाँले कार्यालय व्यवस्थापन, रंगरोगन, कुर्ची व्यवस्थापन लगायतका काम भईरहेको बताउनुभयो । त्यस्तै प्रदेश सभाले अघिल्लो सांसदहरूले प्रयोग गरेका माइकहरू हटाएर नयाँ सांसदहरूलाई नयाँ माइक र नयाँ टेबल पनि राखिएको छ । पुराना टेबल अहिले थन्काइएको छ । सभामुख र सचिव बस्ने स्थानलाई पनि चिटिक्क पारिँदै छ ।

पुरानो माइकहरू हटाएर ३२ वटा नयाँ माइकहरू राखिएका छन् । रोष्टममा २ वटा सभामुखको स्थानमा २ वटा र प्रदेश सभा सदस्यहरूको स्थानमा २८ वटा माइकल जडान भइसकेका छन् ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !