चिनियाँ राष्ट्रपति सी चिनफिङ तीन दिने भ्रमणका लागि आज साउदी अरब पुग्दै हुनुहुन्छ ।

सन् २०१६ पछि पहिलो पटक साउदी अरबको भ्रमणमा जान लाग्नुभएका सी चीन–खाडी सहयोग परिषदको शिखर सम्मेलनमा सहभागी हुनु हुने छ । दुई देशबीच झण्डै ३० अर्ब डलरको ब्यापारिक सम्झौताको तयारी भईरहेको र सीको भ्रमणले चीन–साउदी सम्बन्धलाई नयाँ मोड दिने दाबी साउदी प्रेस एजेञ्सीले गरेको छ ।

चीन साउदी अरबको सवैभन्दा ठूलो ब्यापारिक साझेदार हो । साउदी अरबका अघोषित शासक राजकुमार मोहम्मद विन सलमानले चिनियाँ राष्ट्रपति सीलाई भब्य स्वागत गर्ने अनुमान गरिएको छ ।

अमेरिकासहित अन्य पश्चिमा देशहरुसंगको सम्बन्धमा तनाव र उतार चढाव आईरहने भएकाले चीन पनि साउदीसहि खाडी देशहरुसंग थप मजबुत सम्बन्ध बनाउने प्रयासमा रहेको छ ।

 

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान