अर्जेन्टिनामा बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा ६ वर्षको जेल सजाय सुनाइएको छ ।

उपराष्ट्रपति क्रिश्टिना फर्नान्डेज डी कर्चरले सार्वजनिक निर्माणको कामको ठेक्का आफ्नो साथिलाई दिएको ठहर गर्दै अदालतले ६ वर्षको जेल सजाय सुनाएको हो । उहाँलाई कुने पनि सार्वजनिक पदमा बस्नबाट पनि अदालतले प्रतिबन्ध लगाएको छ ।

माथिल्लो अदालतमा अपील गर्ने बाटो खुला रहेको र उक्त प्रक्रिया निकै लामो रहेकाले तत्काल जेल भने जानु पर्ने अवस्था भने नरहने समाचारमा जनाइएको छ । तर बहालवाला उपराष्ट्रपतिलाई भ्रष्टाचार आरोपमा जेल सजाय नै दिने अदालतको फैसलाले सिंगो अर्जेन्टिनालाई हल्लाएको छ ।

अर्जेन्टिनाको ईतिहासमा बहालवाला उपराष्ट्रपतिमाथि न्यायिक अंगबाट यो प्रकारको अभियोग पुष्टि भएको पहिलो पटक हो । सन् २००७ देखि २०१५ सम्म राष्ट्रपति रहेको बेला क्रिश्टिनाले सार्वजनिक निर्माणको ठूलो काम आफ्नो ब्यापारी साथिलाई जिम्मा दिएर घुस लिएको ठहर अदालतले गरेको छ ।

घुस दिने ब्यपारी लाजारो बाएजलाई भने यस अघि नै ६ वर्षको जेल सजाय सुनाएर कारागारमा हालिसकिएको छ । एघार जना विरुद्ध मुद्धा चलिरहेको र ती मध्ये सात जना दोषी ठहर भईसकेका छन् ।

अहिलेसम्मकै सवैभन्दा ठूलो भ्रष्टाचार भनिएको यो सार्वजनिक निर्माणको काम दर्जनौं ठेक्कासंग जोडिएको र ती काम अहिले पनि लथालिङ्ग अवस्थाा रहेको जनाइएको छ ।

बुधबार, २१ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे