Trending
नारायणी नदी तटबन्धनको काम सुरु भएको छ । हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरु भएको हो ।
नारायणी नदी तटबन्धको लागि संघिय सरकार उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयबाट झण्डै ५ अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ । ठेक्का सम्झौता भएको ४ वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिने विश्वास गरीएको छ ।
नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकीले रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म झण्डै ५ किलोमिटर १ अर्ब १५ करोडको ठेक्का सम्झौता भएको हो । दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोडको ठेक्का सम्झौता भएको छ ।
सिसैदेखि बलुवासम्म झण्डै ५ किलोमिटर ३७ करोडको ठेक्का सम्झौता भएको छ । बलुवादेखि गोलाघाटसम्म २६ करोडमा ठेक्का सम्झौता भएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आयोजनको अनुगमन तथा निरीक्षणसमेत गर्नुभएको छ ।
तटबन्धनका लागि अहिले केही स्थानमा ठुलो चट्टान झार्ने काम भइरहेको छ । सूचना अधिकारी बुढाथोकीले अहिलेसम्म ३ प्रतिशत काम पुरा भइसकेको जानकारी दिनुभयो ।