रुसले सोमबार फेरि युक्रेनमाथि क्षेप्यास्त्रको वर्षा गरेको छ । पछिल्ला दुई महिनामा रुसले आठौं चरणको क्षेप्यास्त्र वर्षा गराएको हो ।

सोमबारको आक्रमण पनि उर्जा तथा अन्य भौतिक संरचनामा लक्षित भए पनि चार जनाको ज्यान गएको युक्रेनले जनाएको छ । युक्रेनले कम्तिमा ७० वटा क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ भने रुसले १७ वटा निशानामा प्रहार गरेको जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणबाट छिमेकी मोल्दोभामा पनि विजुली आपूर्तिमा समस्या आएको बताउनु भएको छ । जेलेन्स्कीले रुसी आक्रमण युक्रेनमा मात्रै नभई त्यस क्षेत्रमै विस्तार भईरहेको दाबी पनि गर्नुभएको छ ।

रुसले नयाँ हमला गर्दैछ भन्ने हल्ला चलिरहेको बेला रुसभित्र वायु सेनाका दुई वटा आधार शिविरमा बम विष्फोट भएलगत्तै रुसले युक्रेनमाथि क्षेप्यास्त्र बर्षाएको हो । रुसले वायु सेनाका आधारमा भएको विष्फोटका लागि युक्रेनमाथि आरोप लगाएको छ ।

विष्फोटबाट तीन जना कर्मचारीको मृत्यु भएको र दुई वटा हल्काखाले विमानमा क्षति पुगेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

मङ्लबार, २० मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान