Trending
इन्डोनेसियाको सेमेरु पर्वतमा ज्वालामुखी हुँदा खरानीले आकाश ढाकिएको छ भने लाभा निरन्तर बगिरहेको छ ।
ज्वालामुखी विष्फोटपछि मुख्य द्वीप जाभाबाट मानिसहरूलाई अन्यत्र सुरक्षित गन्तव्यतर्फ लगिएको छ । स्थानीय प्रशासनले ज्वालामुखीको चेतवानीको स्तर अत्यन्तै उच्च रहेको भन्दै यसले भयावह स्थिती निम्तने चेतावनी दिएको छ । ज्वालामुखी बिस्फोटका कारण दुई हजार व्यक्तिलाई ज्वालामुखी प्रभावित क्षेत्रबाट सारिएको छ ।
राष्ट्रिय विपत्ति रोकथाम निकायले ती गाउँबाट अन्यत्र लगिएकाहरूमा बालबालिका तथा वृद्धहरू पनि रहेको जनाएको छ । मानिसहरूलाई सेमेरु पहाडबाट कम्तीमा आठ किलोमिटर टाढा रहन सल्लाह दिइएको छ । इन्डोनेसियाको ज्वालामुखी तथा भौगोलिक विपत्ति रोकथाम केन्द्रका प्रवक्ताले खतराको स्तर ३ देखि ४ निर्धारण गरिएकाले स्थानीय वासिन्दाका बस्ती खतरामा परेको बताएका बताएका छन् ।
यसअघिको ज्वालामुखी विस्फोटका कारण क्षतिग्रस्त भएको त्यहाँको एउटा पुल अहिले पुनः निर्माण भइरहेको छ । ज्वालामुखी पहाड वरपरका गाउँमा अहिले मनसुनी वर्षा पनि जारी रहेकाले सर्वसाधारण थप मारमा परेका छन् ।