नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्र रुकुम पश्चिमले जिल्ला अस्पताल परिसरबाटै सेवा दिन थालेको छ। २०६८ सालमा स्थापना भएको यो केन्द्र सुरुमा जिल्ला अस्पतालमै स्थापना भएर विगत १० वर्षयता भने अस्पताल भन्दा केही टाढा भाडामा लिएको भवनबाट सञ्चालन गरिँदै आएको थियो।

नेपाल सरकारको एकीकृत स्वास्थ्य नीति २०७६ अनुसार आँखा अस्पताललाई जिल्ला अस्पताल परिसरमै सारेर सेवा प्रवाह गरेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर कुसारीले बताउनुभयो।

जिल्ला अस्पतालका दुई वटा भवनलाई हाल आँखा उपचार केन्द्रका रूपमा छुट्टाइएको छ। यसरी सेवा दिँदा सहज भएको केन्द्र अध्यक्ष कुसारीले बताउनुभयो। उहाँले भन्नुभयो, “यसभन्दा अघि अस्पताल भन्दा अलि टाढाबाट सेवा दिँदा बिरामीलाई तलमाथि गर्न गाह्रो भइरहेको थियो। अब सहज भएको छ।”

सेवाग्राहीले अस्पतालबाटै आँखाको उपचार सेवा लिन पाएपछि खुसी व्यक्त गरेका छन्। यस उपचार केन्द्रबाट आँखा जाँच, सामान्य शल्यक्रिया, चस्मा तथा औषधि वितरण, आँखासम्बन्धी आवश्यक परामर्श र हरेक तीनरतीन महिनामा शल्यक्रिया सेवा शिविर लगायत सेवा उपलब्ध भइरहेको कुसारीको भनाइ छ। उहाँका अनुसार उपचार केन्द्र अस्पतालसँगै भएपछि सेवाग्राही पनि बढ्दै जान थालेका छन्।

आइतवार, १८ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !