बुटवलस् लुम्बिनी प्रदेशको स्थायी मुकाम तत्काल नसार्न नेपाली कांग्रेस र नेकपा एमालेले माग गरेका छन् ।

 

राजधानी तोकिएको राप्ती उपत्यका देउखुरी क्षेत्रमा पूर्वाधार निर्माण नहुँदै बुटवलबाट जवरजस्त राजधानी सार्न खोजिएको भन्दै नेकपा एमाले र नेपाली कांग्रेस रुपन्देहीले ध्यानाकर्षण गराउँदै विरोध जनाएका छन् ।

आइतबार दुवै पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै काम चलाउ सरकारले राजधानी सार्न खोज्नु गलत भएको उल्लेख गरेका छन् । जवरजस्त राजधानी सार्ने काम तत्काल रोक्न दुवै पार्टीले प्रदेश सरकारसँग माग गरेका छन् ।

पूर्वाधारबीना राजधानी लैजादा सेवा प्रवाहमा प्रतिकुल असर पर्ने दुबै दलको ठहर छ । मुख्यमन्त्री कुलप्रसाद केसी नेतृत्वको काम चलाउ सरकारले हतारहतारमा राजधानी सार्न खोज्नु सस्तो लोकप्रियता मात्र भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि रुपन्देहीमा क्रियाशिल कर्मचारीका पेशागत संगठनले पनि संयुक्त विज्ञप्ति जारी गर्दै राजधानी सार्ने कदमको विरोध जनाएका छन् ।

आइतवार, १८ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !