तालाबन्दीको अन्त्य र वृहत राजनीतिक स्वतन्त्रताको आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शन बढेपछि चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् ।

चीनको शून्य–कोभिड नीति, सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र संक्रमित नभएका मानिसहरूका लागि पनि क्वारेन्टाइनजस्ता विषयप्रति आक्रोशित सर्वसाधारणहरुले राजधानी बेइजिङ, सांघाई र गुआन्झाउलगायतका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गरेका छन् ।

प्रर्दशनलाई दमन गर्न अधिकारीहरूले आह्वान गरेका छन । उनीहरुले भाइरसप्रतिको रणनीतिलाई सहज र केही खुकुलो पार्ने संकेत पनि गरेका छन् । बुधबार राष्ट्रिय स्वास्थ्य आयोगमा बोल्दै उपप्रधानमन्त्री सुन चुनलानले ओमिक्रोन भेरियन्ट कमजोर हुँदै गएको र खोपको दरमा सुधार भइरहेको टिप्पणी गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

अर्थतन्त्र र दैनिक जीवनमा बाधा पु¥याउने शून्य–कोभिड नीतिबारे भने उनले केही उल्लेख गरिनन् । अधिकारीहरूले बुधवार शहरका ११ जिल्लाहरूमा विभिन्न कोभिड प्रतिबन्धहरूलाई केही सहज बनाएका प्राप्त विवरणहरुमा जनाइएको छ ।

बिहिबार, १५ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान