Trending
मौद्रिक नीतिको समिक्षा अर्थतन्त्रको समस्या सम्बोधन गर्ने भन्दा पनि बैंकको नाफा कम गर्ने हिसावले ल्याइएको बैंक सञ्चालकले आरोप लगाएका छन् । बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले समिक्षा समग्र अर्थतन्त्रको समस्या सम्बोधन गर्नेभन्दा पनि बैंकको नाफा कम गर्ने हिसावले आएको बताउनुभयो ।
उहाँले बैंकहरुको स्पेडदर ०.४ प्रतिशत विन्दुले घटाउँदा बैंकको नाफा १० देखि १५ प्रतिशतसम्म घट्ने अवस्था देखिएको दाबी गर्नुभयो । उहाँले बैंकहरुको नाफा घट्दैमा वर्तमान अर्थतन्त्रका समस्या समाधान हुन नसक्ने स्पष्ट गर्नुभयो । उहाँले राष्ट्र बैंकले नै बैंकहरुलाई सौतेनी व्यवहार गरेको आरोप लगाउनु भयो ।
अध्यक्ष गोल्यानले मौद्रिक नीतिमा लागू गर्ने भनिएको दोहोरो ब्याजदर प्रणाली तत्काल लागू गर्न पनि माग गर्नुभयो । उहाँले वित्तीय अनुशासनमा हुने व्यवसायीलाई चालु पुँजी कर्जा नीतिले केही समस्या नपार्ने दाबी गर्नुभयो ।
एउटा उद्योगका नाममा कर्जा लिएर शेयर मार्केट, नयाँ कम्पनी स्थापना, जग्गालगायत अन्य क्षेत्रमा लगानी गर्नेहरुले चालु पुँजी कर्जा मार्गदर्शन खारेज गर्न माग गरिरहेको गोल्यानको आरोप छ ।