ब्राजिलको दक्षिणी राज्य परानामा सडकमाथिबाट खसेको पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण बुधबार सडकमाथिबाट खसेको पहिरोमा परि दर्जनौं बेपत्ता भएको अधिकारीहरूले बताएका छन् । पहिरोले ब्राजिलको बीआर थ्री सेभेन सिक्स राजमार्ग प्रभावित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सडकको २ सय मिटर खण्डमा खसेको पहिरोले ६ वटा ट्रेलर र राजमार्गमा अन्य १५ वटा सवारीसाधन पुरिएको जनाइएको छ । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार पहिरोमा परि करिब ५० जना बेपत्ता भएका छन् । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा पहिरोमा परि वेपत्ता भएकाहरुको खोजी तथा उद्धारकार्य जारी राखिएको छ । अन्य तटिय क्षेत्रहरुमा भारी वर्षासंगै आएको बाढीले ५ सय भन्दा बढी घरहरुमा क्षति पुगेको जनाइएको छ । पहिरोले खाद्यान्न ढुवानीका लागि प्रमुख बन्दरगाह पारानागुवा पनि अवरुद्ध बनेको छ ।

बिहिबार, १५ मंसिर, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

भोटखोला युवा सरोकार मञ्चले गर्यो प्रख्यात आरोही लाक्पा शेर्पालाई सम्मान