Trending
सत्तारुढ गठबन्धनको सिट बाँडफाँडका लागि गठित कार्यदल बैठक आज बस्ने भएको छ ।
आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा दलहरुलाई सिटको बाँडफाँडको अन्तिम टुंगो लगाउन कार्यदल बैठक बस्न लागेको हो ।
प्रतिनिधिसभाका १६५ तथा प्रदेशसभाका ३३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँडको प्रयास भइरहेको भएपनि टुंगोमा पुग्न सकेको छैन ।
नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्द्रले ६०, नेकपा एसले ४०, जसपाले २०, राष्ट्रिय जनमोर्चाले २ सिटमा दाबी गरेपछि कार्यदल निष्कर्षमा पुग्न सकेको छैन ।