Trending
प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन छँदैछ भनेर ढुक्कले नबस्न पार्टीका नेता कार्यकर्तालाई अपिल गरेका छन ।
पार्टीबाट निर्वाचित जनप्रतिनिधिका लागि राजधानीमा सोमबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले जनताको मन जित्न आग्रह गरे । ‘गठबन्धन छँदैछ चुनाव जितिहालिन्छ भनेर ढुक्कले नबसौं,’ उनले भने, ‘जनता भन्दा ठूलो कोही छैन, जनतामा जान, जनताको विश्वास जित्न आग्रह गर्दछु ।’
गएको स्थानीय चुनावमा गठबन्धनका कारढा कांग्रेसलाई महत्वपूर्ण सफलता मिलेको प्रधानमन्त्रीको भनाइ थियो । उनले आगामी निर्वाचनमा पनि कांग्रेसले महत्त्वपूर्ण सफलता हात पार्ने दाबी गरे । उनको भनाइ थियो, ‘आम निर्वाचनलाई सफलता साथ सम्पन्न गर्ने, कांग्रेसलाई ठूलो पार्टी बनाउने लक्ष्य छ ।’
आफूले विशिष्ट अवस्थामा जिम्मेवारी लिएको उल्ले गर्दै उहाँले संविधानअनुसार शासन सत्ता चलाउन आफू सफल भएको प्रधानमन्त्रीको भनाइ छ ।