रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एकजना युवक गम्भीर घाईते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने बिकास गुरुङ घाईते भएको प्रहरीले जनाएको छ ।

रुपन्देहीको ओमसतिया ४ बसन्तपुरमा अज्ञात समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका १ बाइपास स्थित सिद्धर्थ कटेजमा करिब ११ बजे राती अज्ञात समूहद्वारा लुटपाट गरी भाग्दै गरेको अवस्थामा ओमसतियाको वसन्तपुर वडा कार्यालय अगाडि जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेको थियो । लुटेराहरुले सो कटेजबाट दुई तोला सुन र केही नगद लुटेको बताइएको छ ।

प्रहरीका अनुसार घाइते गुरुङले मोटरसाईकलमा भाग्दै गरेका तीन जना लुटेराहरुको समूहलाई पछ्याउँदै गएर ओभरट्याक गर्दा आफुमाथि गोली प्रहार भएको बयान दिएका छन ।

बायाँ कोखमा गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको छ । उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक दिपक कुँवरले बताए । गोली प्रहार गर्ने समूहको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सोमवार, ३० साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संखुवासभाको मकालु महोत्सवमा को को भए सम्मानित

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

सर्वोत्कृष्ट बिद्यालय सम्मान चावहिलको इलिक्सर एकेडेमीलाई

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

लाक्पाले राखे सातौ पटक मकालु हिमालको आरोहण गरेर फेरी अर्को कीर्तिमान

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !