Trending
सफल व्यवसायी रमेश बस्नेत नेकपा एमाले प्रवेश गर्ने भएका छन । यसका लागि एमाले अध्यक्ष के पि शर्मा ओलिसँग समेत भेट गरिसकेका बस्नेत छिट्टै एमालेमा प्रवेश गर्ने तयारीमा जुटेको उनी निकट श्रोतले जानकारी दिएको छ ।
पाचथरमा जन्मिएर झापा दमकमा हुर्केका बस्नेत काठमाडौंमा सेभेन स्टार सेक्युरिटी सर्भिस नामक सुरक्षा सेवा प्रदायक कम्पनी सञ्चालक हुन । एमालेले यही भाद्र ३ गते झापाको दमकमा आयोजना गरेको कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रममा पार्टी अध्यक्ष के पि शर्मा ओलिले बस्नेतलाई स्वागत गर्ने कार्यक्रम रहेको श्रोतको भनाई छ ।
सोही कार्यक्रममा झापा दमक र चुलाचुली ईलामका गरि झन्डै २५०० सय जना पनि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
विद्यार्थी कालदेखिनै राजनितीमा चासो देखाउदै आएका बस्नेत विभिन्न राजनैतिक दलका कार्यक्रममा सहभागी हुदै आएपनि कुनै पनि राजनैतिक दलमा स्पष्टरुपमा खुलेका थिएनन । तथापी पछिल्लो समय उनी एमालेका नेताहरुसँग निकट रहदै आएका र उनीहरुसँग बाक्लै भेटघाट गर्ने गरेको श्रोतको दावी छ ।