सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बिहीबार बस्दैछ ।

दिउँसो २ बजे बालुवाटारमा बस्ने कार्यदलको बैठकले आगामी चुनावमा सिट बाँडफाँटको खाका र आधारबारे छलफल थाल्नेछ ।

कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो । कार्यदलको यही साउन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउन सत्तारुढ पाँच दलले ११ सदस्यीय कार्यदल गठन गरेका छन् । उक्त बैठकबाट नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिनुभएको छ । कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई–दुई जना सदस्य छन् ।

कार्यदललाई सिट बाँडफाँटको आधार तय गरी कुन दलले कति सिट लिने सहमति गर्न भनिएको छ । यो कार्यदलले टुंगो लगाउन नसकेका ठाउँ भने प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरुले टुंगो लगाउनेछन् ।

सम्भवतः बिहीबारको कार्यदल बैठकमा दलहरूले आ–आफ्ना दाबी पेश गर्दैछन् । नेपाली कांग्रेसभित्र आफूले ६० प्रतिशत सिट राखेर ४० प्रतिशत अन्य दललाई दिन दबाब छ । अन्य दलले पनि आफूहरूले सम्मानजनक सिट पाउनुपर्ने बताइरहेका छन् ।

बिहिबार, २६ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे

जापानमा बस्ने नेपालीहरुले नेपाल सम्झदै गरे नमस्ते साहित्यिक यात्रा

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा