गृहमन्त्री बालकृष्ण खाँडले खोटाङ केन्द्रविन्दु बनाएर आज विहान गएको भुकम्पबाट भएको क्षतिका सबै विवरण तत्काल उपलब्ध गराउन निर्देशन दिएका छन । खोटाङ लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्री खाँडले यस्तो निर्देशन दिएका हुन ।

खोटाङको साकेला गाउँपालिका–५ केन्द्र बनाई आज बिहान ८ बजेर १३ मिनेटमा गएको भुकम्पबाट ठूलो क्षति नभएको स्थानीय प्रशासनले जनाएको छ ।

६ म्याग्निच्युडको भुकम्पबाट केही घर चर्कनु बाहेक अन्य क्षति नभएको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईले जानकारी दिएका छन । भुकम्पको केन्द्रविन्दु मानिएको मार्तिमविर्तामा २ वटा घर, हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेमा १ घर र महादेवस्थानमा १ घर चर्किएको छ ।

‘कुनै घर चर्केको र कुनै घरको टायल खसेको छ’ प्रजिअ सेढाईले भने ।

मानवीय तथा पशुचौपायको क्षति पनि भएको छैन । क्षति संकलनका लागि गाउँपालिकाको सबै शक्ति परिचालित गरिएको साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

भुकम्पको क्षति संकलनका लागि सबै वडा समितिलाई परिचालित गरिएको र कार्यपालिकाका सम्पूर्ण अंगहरुलाई नागरिकको सहयोगका लागि परिचालित गरिएको राईले सुनाए ।

यस्तै, हलेसी तुवाचुङ नगरपालिका लगायतका स्थानीय तहहरुले पनि क्षति बिवरण संकलन गरिरहेको जनाएका छन् ।

भुकम्प लगत्तै आइलाग्न सक्ने बिपद् ब्यवस्थापनको लागि नेपाली सेना, नेपाल प्रहरी लगायतलाई सतर्क रहन निर्देशन दिएको जिल्ला बिपद् व्यवस्थापन समितिका संयोजक प्रजिअ सेढाईको भनाइ छ ।

विपद् व्यवस्थापनमा सतर्कताका लागि रेडक्रस, जिल्ला समन्वय समिति लगायत स्थानीय तहसँग समेत समन्वय भइरहेको छ ।

आइतवार, १५ साउन, २०७९ गते

Comments

सम्बन्धित खवर

लोकप्रिय

धेरै पढिएको

संघर्षशिल युथ क्लबको दास्रो अधिवेशन सम्पन्न, अध्यक्षमा डुबा भोटे

किमाथांका नाका खोल्न परराष्ट्र मन्त्री साउदसँग सांसद दिपक खड्काको माग

संखुवासभाका अन्तराष्ट्रिय पदक विजेता नेपाली धावक निमेश गुरुङ सम्ममानित

राबा बैकको लोगोसंगै कार्यकारी प्रमुख किरण श्रेष्ठको तस्वीरले चुम्यो अफ्रिकाको चुचुरो

बर्दिवासको घाम बोलको गितमा गायक वाङछिरीङ भोटियाको अर्को सफलता

चुनौतिसंगै लाक्पा शेर्पा अर्को कीर्तिमान राख्न सातौ पटक मकालु हिमालको आरोहणमा

अन्तरपालिका स्तरिय फुटसल प्रतियोगिताको उपाधि धर्मदेबीलाई

आठ पटक सगरमाथा चढेका ज्याम्चाङ भोटेले हिमालबारे कीन भने यस्तो !

किमांथाका नाका यहि सेप्टेम्बरबाट खुल्ने अध्यक्ष वाङछेदर भोटेको खुलासा

प्रधानमन्त्रीसंग किम्माथांका नाका खोल्न माग गरेका छौ : वाङछेदर भोटे